असोज २१, काठमाडौं / ललितपुरलाइ केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महसुस
भएको छ । बिहीबार दिउँसो १ बजे ललितपुरको लेले आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२
गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्पन अझै रोकिएको छैन । अहिलेसम्म ४ रेक्टर स्केल
माथिको ४ सय भन्दा धेरै पराकम्पन गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।