माघ ६, बनेपा | कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । 

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, बनेपा | कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । 

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन"/>

२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

६ माघ २०७८, बिहीबार ०८:४५

माघ ६, बनेपा | कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । 

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा बुधबार जारी गरिएको आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्ने उल्लेख छ । त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्नुपर्नेछ । विश्वविद्यालय, विद्यालय, टु्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भौतिक उपस्थिति नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाई सञ्चालन गर्न समेत आदेशमा भनिएको छ ।

धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ । शुक्रबारदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य साथमा बोक्नुपर्ने व्यवस्था गरिएको आदेशमा उल्लेख छ । त्यस्तै धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी व्रतबन्ध, मृत्यु संस्कारलगायत अत्यावश्यक परम्परागत क्रियाकलाप सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने गरी जनस्वास्थ्यको मापदण्डपालना गर्नेगरी मात्र सञ्चालन गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भौतिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी अनिवार्य मास्कको प्रयोगमार्फत सेवा प्रवाह गर्न होटल व्यवसायीलाई निर्देशन दिएको छ । सो क्रममा बिना मास्क आउने सेवाग्राहीलाई तोकिएको शुल्क तिरेर मास्क प्रयोग गरी मात्रै प्रवेश गर्न दिने र होटलले चेक इन गर्दाको अवस्थामा २४ घण्टाभित्र आफ्नो होटलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने र सो को विवरण डिसिएमसीलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्कको अनिवार्य गर्ने, कुनै यात्रुले मास्क नलगाएमा चालक वा सहचालकले बढीमा रु पाँच लिई मास्क उपलब्ध गराउने, सवारीसाधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक र सहचालकले अनिवार्य फेसशिल्ड लगाउने र सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने जारी आदेशमा उल्लेख छ । 

सबै प्रकारका व्यवसायको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको २ पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउन पाउने व्यवस्था गर्न प्रशासनले आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु