२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

७ माघ २०७८, शुक्रबार ०७:१९

माघ ७, चितवन | जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २००  पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता  थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।

१६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ । मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नुपर्ने हुन्छ । यही कात्तिक मसान्तसम्म जिल्लामा तीन लाख ७८ हजार ७२१ मतदाता थिए । गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा छ स्थानीय तहबाट १२ हजार ५२० ले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मङ्सिरयता यही माघ ५ गतेसम्म १३ हजार ६४ ले मतदाता नामावली दर्ता गराएका छन् ।

भरतपुर महानगरका स्थानीयवासीले जिल्ला निर्वाचन कार्यालयमै नाम दर्ता गराएका हुन । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जिल्लामा गत मङ्सिरयता २५ हजार बढीले नाम दर्ता गराएको जानकारी दिनुभयो । मतदाता नामावलीमा दर्ता गराउने छ हजार हाराहारी १८ वर्ष नपुगेका रहेको उहाँले बताउनुभयो । सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरेसम्म नामावली दर्ता गराउनेक्रम जारी रहेन कार्यालयले जनाएको छ । गत मङ्सिर र पुसमा १५ दिनसम्म विशेष अभियान चलाउँदा दर्ता गर्न छुटेकाले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासनबाट नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो ।

बाहिरी जिल्लाबाट यस जिल्लामा मतदाता नामावली स्थानान्तरण गर्ने पनि बढेका छन् । करिब एक हजार २०० ले यसै जिल्लाबाट मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको उहाँले बताउनुभयो । बसाइँसराइ दर्ता नगराउँदा साविककै ठाउँमै पुगेर मतदान गर्दै आएकाले यसपालि मतदाता नामावली सार्न लागेका हुन् । जिल्लाबाट अन्यत्र बसाइसरी गएका २०० ले मात्रै मतदाता नामावली स्थानान्तरण गर्न निवेदन दिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा अस्थायी बसोबास भएका ९ओडिआर० एक हजार ३२८ ले नामावली दर्ता गराएका छन् । उनीहरु मतदान गर्न आफ्नै गृहजिल्ला जानुपर्ने कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की