भदौ ९, काठमाडौँ । उपत्यकाबाट धुलिखेल हुँदै सिन्धुली–बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ । 

विभागले विसं २०७२ माघ २४ गते समायोजन गरेको भाडा लागू नभएपछि यात्रुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । उपत्यकाबाट धुलिखेल हुँदै सिन्धुली–बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ । 

विभागले विसं २०७२ माघ २४ गते समायोजन गरेको भाडा लागू नभएपछि यात्रुले "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी राजमार्गमा मनपरी भाडा

९ भाद्र २०७३, बिहीबार ०७:३०

भदौ ९, काठमाडौँ । उपत्यकाबाट धुलिखेल हुँदै सिन्धुली–बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ । 

विभागले विसं २०७२ माघ २४ गते समायोजन गरेको भाडा लागू नभएपछि यात्रुले गुनासो गर्दै आएका छन् । विभागले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सो मार्गका यातायात व्यवसायीले तोकेअनुसार भाडा लिन आनाकानी गरेकाले साउन तेस्रो साता सूचना प्रकाशित गरी बढी भाडा नलिन सचेत गराएको थियो । 

विभागका प्रवक्ता वसन्त अधिकारी सो मार्गमा सञ्चालन हुने सवारी साधनले तोकिएभन्दा दोब्बर भाडा उठाइरहेको गुनासो आएको बताउनुहुन्छ । विभागको साउन २१ गतेको निर्णयले गत माघ २४ गते लागू गरिएको भाडादरभन्दा बढी नउठाउन सम्बन्धित सबैलाई सचेत गराएको थियो । 

“तोकिएको भाडा लागू भए नभएको गुनासो आएपनि अनुगमनका लागि विभागसँग यातायात निरीक्षक छैनन्, अन्तर्गतका कार्यालयमा जनशक्तिको पनि अभाव छ, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा यातायात क्षेत्रलाई व्यवस्थित गर्न राखिएका प्रावधान कार्यान्वयन नहुँदा यात्रुले तोकेबमोजिम भाडा तिर्न बाध्य हुनुपरेको छ” – उहाँले भन्नुभयो । 

काठमाडौँदेखि धुलिखेल–सिन्धुली–बर्दिबास १८८ किमी मार्गको भाडा रु ५१२ तोकिए पनि व्यवसायीले रु एक हजारभन्दा बढी उठाउने गरेका छन् । नारायणघाट–मुग्लिन सडक घुमेर जाँदाभन्दा बढी भाडा व्यवसायीले असुल्ने गरेको यात्रु विनित शर्माको गुनसो छ । 

तोकिएभन्दा बढी भाडा लिन व्यवसायीले अटेर गरे अनुगमन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार कारबाही गरिने विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला