रबिन्द्र यादव/ भदौ ९ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ९ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीको दक्षिणी भेगमा सम्झौता बिपरीत बिद्युत कटौतीले स्थानीय सास्तीमा

९ भाद्र २०७३, बिहीबार ०७:५७

रबिन्द्र यादव/ भदौ ९ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रको गुठी सुर्यपुरामा रहेको एक मात्र गण्डक जलविद्युत केन्द्रले सम्झौता विपरीत साझको बेला पटकपटक बिद्धुत कटौती गर्दा १२ गाउ विकास समितिका बासिन्दा गृहणी बिद्यार्थी उद्योगी व्यापारीहरुले समस्या खेप्नु परेको छ । गण्डक जलविद्युत केन्द्र संग वरिपरिको १२ किलोमिटर सम्म लाइन कटौती न गर्ने सम्झौता भएको तापनि केन्द्रले पटकपटक लाइन काटिरहेको तराई मधेस बिद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले बताउनु भएको छ । 



साझको बेला बिद्धुत कटौतीले बिद्यार्थीहरुको पढाइमा प्रत्यक्ष असर पारेको भन्दै मौर्याले तराई मधेस बिद्यार्थी फ्रन्टले आन्दोलन गर्नुको विकल्प नरहेको चेतावनी दिनु भएको छ । उता गण्डक जलविद्युत केन्द्र का सहायक इन्जिनियर ओमप्रकाश चौधरीले साझको बेला ओभर लोडले आफै ट्रिपिङ्ग भइरहेको साझासबाल लाई बताउनु भएको छ । 


वि.सं १९०३ मा निर्माण उद्घाटन भई बनेको गण्डक जलविद्युत केन्द्रको पुरानै सामग्री बिग्रेपछि त्यही पुनः मर्मत गरि प्रयोग गर्दै आइ रहेको हुनाले बिद्धुत कटौती समस्या झन थपदै गइरहेको जानकारी दिनु भयो सम्बन्धित निकायलाई पटकपटक सुचित गर्दा पनि ध्यान  नदिरहेको गुनासो समेत गर्नु भएको छ । 



अहिले गण्डक जलविद्युत केन्द्र सुरजपुराको ५ एम.भि.ए मात्र रहेकोमा हाल ट्रिपिङ्ग कटौती रोक्नलाई १६.५ एम.भि.ए को ट्रान्सर्फमर निर्माण कार्य भइरहेको केन्द्रका सुपरवाईजर अमित चौधरीले बताउनु भएको छ जुन २०७४ जेष्ठ मसान्तसम्म संचालनमा ल्याइने लक्ष्य राखिएको छ । नया बन्न लागेको प्रजेण्ट १३२ kv/३३ kv को ३०mva ट्रान्सर्फमर ३३/११kv १६.५mva को ट्रान्सर्फमर रहने छ । उता पावर हाउस प्रशासनले अनावश्यक बत्ती बाल्नु, बिद्धुत चोरी हुकिंग गर्नु, जनचेतनाको कमी, लगायतका समस्याको कारणले विभिन्न गाउँमा लगाइएको ट्रान्सर्फमर बिग्रेने र बिद्धुत कटौती बढने बताउदै यसलाई रोकथाम गर्न प्रयाप्त कर्मचारी न रहेको जनाएको छ । साथै प्रशासनले बिद्धुत महसुल बक्यौता ग्राहकले अविलम्ब न बुझाए लाइन काटिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या