२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रे प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

२०७८, ७ माघ शुक्रबार १०:५८

माघ ७, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । 

आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ । सङ्क्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, सङ्घसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जनाइएको छ । जनप्रतिनिधि तथा कर्मचारी सङ्क्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् । 

नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले आजदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जनाएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना सङ्क्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गर्नुभएको छ । 

यस्तै रोशी गाउँपालिकाले आप्mना कर्मचारी कोरोना सङ्क्रमित भएपछि बिहीबरदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जनाइएको छ । 

चौँरीदेउराली गाउँपालिकाले बुधबारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना सङ्क्रमित रहेका छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ सङ्क्रमित छन् ।

यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना सङ्क्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा सङ्क्रमण देखिएको थियो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ सङ्क्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय सङ्क्रमित रहेका छन् । 

तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक सङ्क्रमितको मृत्यु भएको हो । हालसम्मका कूल सङ्क्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ सङ्क्रमणमुक्त भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै