२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बनमा

८ माघ २०७८, शनिबार ०८:०६

माघ ८, काठमाडौँ | मोबाइल ग्यालरीमा चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको प्रवक्ता जोशीले बताए। धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड