२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

प्राधिकरणको लापरवाहीले करेन्ट लागेर मरे ७० गिद्ध

९ माघ २०७८, आईतवार ०५:२५

माघ ९, काठमाडौँ | तनहुँमा करेन्ट लागेर गिद्ध धमाधम मर्न थालेका छन्  । नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका हुन्। शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन गरी गौ संरक्षण केन्द्र स्थापना गरेसँगै मरेका पशु खान जाने गिद्ध करेन्ट लागेर मर्न थालेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

‘गौ संरक्षण केन्द्र आसपास क्षेत्रमा छ–सात किसिमका गिद्ध देखा पर्न थालेका छन्,’ उनले भने । हालसम्म करिब ६०–७० गिद्ध करेन्ट लागेर मरिसकेको बताइएको छ । धेरै गिद्ध करेन्ट लागेर मर्न थालेपछि प्राधिकरणलाई यस क्षेत्रको नाङ्गो तार व्यवस्थित गर्न र पोलिथिन पाइपले कभरिङ गर्नका लागि आग्रह गरिएको उनले बताए ।

प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ नमिलाउँदा अर्थिङमा परेर केही समयअघि एक स्थानीय बालकसमेत घाइते भएको स्थानीयवासी रामप्रसाद सापकोटाले बताए। केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको हो ।

छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान