२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सीमानाकाबाट दैनिक ४० देखि ११० जनासम्म कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

२०७८, ९ माघ आईतवार ०७:४९

माघ ९, महेन्द्रनगर | कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहनु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उहाँ  सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पुर्याउने गर्नुहुन्छ । यसरी सङ्क्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् ।

कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको ड्यिुटी भनेकै सङ्क्रमितलाई अस्पताल पुर्याउने हो । “हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म एम्बुलेन्स हाँकेर गड्डाचौकी नाका पुग्छु”, कठायतले भन्नुभयो, “त्यहाँ भारतबाट आउने यात्रुको कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिएमा उनीहरुलाई महाकाली अस्पताल पुर्याउँछु ।”

सरकारले कोरोना कहरमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सेना र सरसफाइकर्मीलाई कोरोनाको अग्रपङ्क्तिमा खटिने कर्मचारीको सूचीमा राखेको छ । भीमदत्त नगरपालिकाको एम्बुलेन्समार्फत् दैनिक ४० देखि ११० जनासम्म सङ्क्रमित नाकाबाट अस्पताल पुर्याएको  कठायतसित तथ्याङ्क छ । 

“नाकामा कोरोना परीक्षण गरिन्छ, सङ्क्रमित देखिए पनि सितिमिति अस्पताल जान आनाकानी गर्छन्”, कठायतले भन्नुभयो, “सङ्क्रमितको अवस्था हेरेर वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनका लागि घरमै छाड्ने गरिएको छ ।” दिनभरि एम्बुलेन्समा सङ्क्रमित बोक्ने गर्नुभएका उहाँ राति घरमा भने छुट्टै कोठामा बस्ने गरेको बताउनुहुन्छ । “परिवारका सदस्यहरुको पनि ख्याल गर्नैपर्या”, उहाँले भन्नुभयो, “महामारीमा सङ्क्रमितलाई अस्पताल पु¥याउनु सेवा  सम्झेर काम गर्ने गरेको छु ।”

कठायतलाई घर गएर खाना खाने फुर्सदसमेत हुँदैन । त्यसले उहाँले कोरोना अस्पतालमै खाना खानुहुन्छ । कोरोना जोखिमका बेला काम गर्ने चालकलाई भत्ता दिएकोबारे उहाँलाई केही पनि थाहा छैन । उहाँले भन्नुभयो, “महामारीमा अग्रपङ्क्तिमा खटिने एम्बुलेन्स चालकलाई त जोखिम भत्ता दिनैपर्ने हो ।”

भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र जोशी नगरपालिकाले गड्डाचौकीमा कोरोना परीक्षण, खोप अभियान र सङ्क्रमितलाई अस्पताल लैजाने कार्यमा सक्रिय भएर लागेको बताउनुभयो । “त्यहाँ अस्थायी होल्डिङ सेन्टरमा भारतबाट आउनेको नियमित स्वास्थ्य परीक्षण हुन्छ”, उहाँले  भन्नुभयो, “सङ्क्रमितलाई तत्कालै महाकाली अस्पताल पुर्याइन्छ ।” 

कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित बोक्ने तथा शव व्यवस्थापनमा खटिएका महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक विष्ट आफू दुई पटक सङ्क्रमित हुँदा पनि ड्यिुटीमै सक्रिय रहनुभएको थियो । “कोरोनाबाट मृत्यु भएका झण्डै ८० सङ्क्रमितको शव महाकाली घाटसम्म पुर्याए”, विगत सम्झिँदै विष्टले भन्नुभयो, “सुरुमा पिपिइ सेट लगाएर एम्बुलेन्स चलाए, गर्मी खप्न गाह्रो भएपछि त्यो पनि फुकाले ।”

दोस्रो लहरसम्म महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स चालक दिपक र रणबहादुर विष्ट रातदिन सङ्क्रमित बोक्नेदेखि शव घाटसम्म पुर्याउन सक्रिय रहेका थिए । “अहिले नगरपालिकाको एम्बुलेन्सले सङ्क्रमित अस्पतालसम्म पुर्याउने काम गरिरहेको छ ।” विष्टले भन्नुभयो, “अहिले हामी सङ्क्रमितलाई वडाको सिफारिसका आधारमा घरसम्म छाड्न जाने क्रममा फाट्टफुट्टरुपमा खटिएका छौँ ।”

दोस्रो लहरसम्म सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज र काठमाडौँसम्म लिएर गएको उहाँले बताउनुभयो । “डराउँदै सङ्क्रमित बोक्नुपर्ने परिस्थितिको पनि सामना गरियो”, विष्टले भन्नुभयो, “प्रतिकूल अवस्थामा पनि घरपरिवार नभनी काम गरियो ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन