भदौ ९, भक्तपुर भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, भक्तपुर भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलम"/>
२०८२, १८ फाल्गुन सोमबार
काठमाडौँ - KTM

अपडेट : जन्ती बोकेको बस दुर्घटना हुँदा ४८ घाइते, चार गम्भीर

२०७३, ९ भाद्र बिहीबार १०:५८

भदौ ९, भक्तपुर भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर कोटेश्वर जाँदै गरेको बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । 

बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्डअन्तर्गत सुडाल जितपुरमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते हुनेहरुमध्ये २१ जनाको मध्यपुर अस्पताल थिमि, २५ जना भक्तपुर अस्पताल, दुईजनाको अर्थोपेडिक जोरपाटीमा उपचार भइरहेको छ । चार गम्भीर घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

छब्बीस सिट क्षमताको बसले ६० जना यात्रु बोकेको बताइन्छ । बस तीव्रगति रहेका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बसमा सवार यात्रुका अनुसार बस अनियन्त्रित भई घुम्तीबाट खसेको हो । 

चालक दोलखा घर भई जडीबुटी बस्ने रामकुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रवन्धु थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला