२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह

१६ माघ २०७८, आईतवार ०९:०९

माघ १६, धनुषा | मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले रासस तथा अन्य सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । 

पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न उहाँले जोड दिनुभयो । मधेस प्रदेशको राजधानी जनकपुरमा आजदेखि सुरु भएको राष्ट्रिय समाचार समिति (रासस)का पत्रकारको अभिमुखीकरण कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । 

मन्त्री साहले सरकारी सञ्चारकर्मीले नेपाली मिडियाको आचरणमा सुधारका लागि पनि काम गर्नुपर्ने बताउनुभयो । प्रदेशका पत्रकारलाई उहाँले रचनात्मक सुझाव आवश्यक भएमा आलोचनात्मकरुपमा पनि लेख्न उहाँले आग्रह गर्नुभयो । 

सो तालिमको उद्घाटन कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राईले राससकर्मीले सकारात्मक समाचार लेखनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले राससलाई केही सुधार गरेर लानु आवश्यकता रहेको बताउनुभयो । 

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि सुरु दुईदिने अभिमुखीकरण सुरु भएको हो । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक  राई, प्रमुख कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, प्रमुख समाचारदाता कृष्ण अधिकारी, कार्यकारी सम्पादक शीतलप्रसाद महतो, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण लगायतको विशेष उपस्थिति छ । यस कार्यक्रममा मधेस प्रदेशका आठै जिल्लाका राससका संवाददाताको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य