२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो

१६ माघ २०७८, आईतवार ११:०३

माघ १६, काभ्रेपलाञ्चोक | जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ । निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो । 

तत्कालीन प्राधिकरणले २०७२ सालको गोर्खा भूकम्पले निजी आवासमा क्षति पुर्याइ पुनःनिर्माणार्थ सूचीकृत गरेको तर पटक–पटक गरी २०७८ कात्तिक मसान्तससम्म म्याद थप्दा सम्झौता गर्न नआएकाको नाम लाभग्राही सूचीबाट हटाउने निर्णय गरेको थियो । सोही अनुसार काभ्रेपलाञ्चोकका पाँच हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको जिल्ला कार्यान्वयन इकाई (भवन तथा आवास) प्रमुख इञ्जिनीयर सन्तोष निरौलाले बताउनुभयो ।

उहाँका अनुसार प्राधिकरणले जिल्लास्थित गतसाल पुसमा आवास पुनःनिर्माणमा सूचीकृत भई सम्झौतासमेत नगर्नेको नाम माग गरेको थियो । हालै सहरी विकास मन्त्रालयमार्फत आएको परिपत्रअनुसार आवास निर्माण अनुदानमा म्याद थप गरिएको प्रक्रियाअन्र्गत सम्झौता गरेको तर आवास निर्माण गर्न बाँकीले मात्रै अब कबुलियत गरी ‘म आउँदो फागुन महिनाभित्र घर बनाउछु’ भनेर स्थानीय जनप्रतिनिधिसँग प्रतिबद्धता जनाउनुपर्ने भएको निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्राधिकरणबाट लाभग्राहीमा सूचीकृत भएको तर सम्झौता नगर्नेको पाँच हजारभन्दा बढीको सूची पठाइएको थियो, सोही अनुसार लाभग्राही सूचीबाट हटाइएको हो ।” प्राधिकरणले पुनःनिर्माणका लागि पहिलो किस्ता नलिएकाको पनि लाभग्राही सूचीबाटै हटाउने निर्णय गरेपछि उसले पुनः २०७८ साल कात्तिक मसान्तभित्र आवास अनुदान लिएर घर बनाइसक्नु पर्ने गरी गत असारमा म्याद थपेको थियो । यसअघि सम्झौता भएका भूकम्पपीडितले मात्रै प्रतिबद्धता जनाएर आवास पुनःनिर्माणको प्रथम किस्ताबापतको रु ५० हजार लैजान पाउनेछन् । दोस्रो किस्ताबापत एक लाख ५० हजार तथा तेस्रो किस्ताबापतको एक लाख रकम आवास पुनःनिर्माण सकेपछि दिने नीति छ । 

हालसम्म जिल्लामा निजी आवास पुनःनिर्माणमा सूचीकृत भएका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये पाँच हजार ३७२ सम्पर्कमा नआएका हुन् । जिल्लास्थित भवन तथा आवास कार्यालयका अनुसार ७९ हजार ४४० आवास पुनःनिर्माणका लाभग्राहीमध्ये हालसम्म ६५ हजार ८७६ लाभग्राहीले निजी आवास पुनःनिर्माण गरेका छन् । पहिलो किस्ताबापतको रु पचास हजार लिएकामध्ये ८७ दशमलब ३६ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो र ८३ प्रतिशतले घर निर्माण सकेर तेस्रो किस्ताको रकम लिएका छन् । दुई हजार ४०१ लाभग्राहीले विभिन्न गैरसरकारी संस्थाबाट अनुदान रकम लिएर घर बनाएको निरौलाले जानकारी दिनुभयो । 

कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ८३ प्रतिशत आवास पुनःनिर्माण सकिएको जनाएको छ । कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घ संस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । 

सङ्घ संस्थाको सहयोगमा निजी आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान थियो । कार्यालयका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा सबैभन्दा बढी आवास पुनःनिर्माण भएको छ । छ हजार २६१ लाभग्राहीमध्ये ९३ प्रतिशत अर्थात् पाँच हजार ५६९ ले नीजि आवास निर्माण सकेका हुन् । सबैभन्दा कम बनेपा नगरपालिकामा ७१ दशमलव छ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् । 

यसैगरी, धुलिखेल नगरमा चार हजार ३६२, मण्डनदेउपुर नगरमा आठ हजार ५९, नमोबुद्ध नगरमा पाँच हजार ३५९, पाँचखाल नगरमा आठ हजार १६८, पनौती नगरमा छ हजार ५४८ ले घर निर्माण गरिसकेका छन् । यस्तै, बेथानचोक गाउँपालिकामा तीन हजार ३४०, चौंरीदेउरालीमा पाँच हजार ४८२, खानीखोलामा दुई हजार ५५२, महाभारतमा दुई हजार ७१९, तेमालमा तीन हजार ९३१ र रोशी गाउँपालिकामा पाँच हजार ५० ले घर निर्माण सकेर अन्तिम किस्ता बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो