२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

१७ माघ २०७८, सोमबार ०६:५७

माघ १७, वीरगञ्ज | मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।  

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले  जानकारी दिनुभयो  । 

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपुर हेटौँडास्थित ट्याङ्कर क्लीब्रेसन एकाइ (पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर परीक्षण गर्ने)  कार्यालय रहेको छ ।  दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् । 

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यवसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने  तथा नवीकरण गर्ने  काम हुने गर्दछ  । साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको  नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र मकवानपुर कार्य क्षेत्र रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै