२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘देशकै ठूलो’नगरा नयाँ वर्षमा बजाइने

२०७८, १७ माघ सोमबार ०९:३९

माघ १७, बागलुङ | काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।  

सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गर्दै आएको छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार शनिबारको आम भेलाले नयाँ वर्षका दिन दिउँसो १२ बजे नगरा बजाउने निर्णय गरेको हो ।

नगरा बज्नुअघि चैत मसान्तको मध्यरात १२ बजेदेखि १२ घण्टासम्म अखण्ड सङ्र्कीतन गरिने अध्यक्ष आश्रमले बताउनुभयो । “अखण्ड सङ्र्कीतन लगत्तै नयाँ वर्षको सन्देशसहित नगरा बजाउन सुरु हुन्छ”, उहाँले भन्नुभयो । नगरा स्थानीय परियार समुदायभित्रैबाट बजाउने गरी थिती बसालिने अक्षय कोषले जनाएको छ । त्यसका लागि दुई जना ‘नगर्ची’ छनोट हुनेछन् । त्यो परम्परा उनीहरुका सन्ततीमा सर्दै जाने उहाँले बताउनुभयो । नगरा बजाउने ‘गज’ श्रीखण्डको हुने जनाइएको छ ।

सो दिन नयाँ वर्षको सुखद् कामनासहित नगरामा दानदक्षिणा अर्पण गर्न सकिने प्रबन्धसमेत मिलाइने भएको छ । सो भेटी रकममध्ये ५० प्रतिशत नगर्चीलाई र ५० प्रतिशत अक्षय कोषमा रहनेछ । अक्षय कोषमार्फत त्यो रकम कल्याणकारी कार्यमा खर्च गरिनेछ । नयाँ वर्षबाहेक अन्य कुनै पनि दिनमा सो नगरा नबज्ने अक्षय कोषले जनाएको छ । नगरा अवलोकन भने अघिपछि पनि गर्न सकिनेछ । अक्षय कोषले गत असारमा सो नगरा निर्माण गरेको थियो । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा बनाएका थिए ।

रु पाँच लाखमा बनेको नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरलाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको थियो । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको थियो । परम्परागत आरान प्रविधिबाट नगरा बनाइएको हो । नगरा निर्माणमा कालिगढ रवीलाल, जरसिंह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गर्नुभएको थियो ।

नगरा बनाउँदा कालिगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । अध्यक्ष आश्रमले मल्लकालमा बनेको काठमाडौँ, हनुमानढोकामा रहेको नगराको गोलाइ साढे ६ फिट मात्र रहेकाले यहाँ निर्मित नगरा ‘देशकै ठूलो’ रहेको बताउनुभयो । यहाँको नगराको गोलाइ सात फिट र उचाइ छ फिटभन्दा केही बढी छ ।

कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन सङ्ग्रहालयमा नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थपेको छ । यसले नेपाली मौलिक लोकवाद्ययन्त्रप्रति सम्मान र संरक्षणको सन्देश पनि दिएको छ । सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट गत आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च गरिएको थियो । बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षय कोषले जनाएको छ ।

सङ्ग्रहालयको संरचना निर्माणसँगै लोकबाजा सङ्कलनका लागि चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ । विसं २०६६ मा स्थापित अक्षय कोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ ।

हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको अक्षय कोषले जनाएको छ । सङ्ग्रहालय भवनको पहिलो तलामा नेपाली, दोस्रोमा विदेशी लोकबाजा र तेस्रोमा नेपालको परम्परागत संस्कृति झल्काउने वेशभूषा र सामग्रीको सङ्ग्रह रहने अध्यक्ष आश्रमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन