भदौ १०, भोजपुर । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, भोजपुर । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा रुट पर्मिटका लागि सिफारिस

२०७३, १० भाद्र शुक्रबार ०६:४८

भदौ १०, भोजपुर । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्षेत्रीय कार्यालयमा जिल्लाको सडकको यथार्थ विवरणको सिफारिस पठाएको हो । जिल्लामा सञ्चालनमा रहेका १० भन्दा बढी सडकको नाम, सडकको लम्बाइ, कस्ता खालका सवारीसाधन सञ्चालन गर्न सकिने, सडकमा सञ्चालन हुने यातायातका साधनमा लाग्ने यथार्थ भाडादर साथै वर्षमा सञ्चालन हुने सडकको समयावधिसमेत उल्लेख गरी जानकारीका लागि पठाइएको हो । 

जिल्लामा सञ्चालन भएका सडकमा लेगुवा–भोजपुर सडकखण्ड ६६ किलोमिटर, भोजपुर– चखेवा ४२ किलोमिटर, भोजपुर–ओख्रे ३४ किलोमिटर, भोजपुर–लेखर्क २३ किलोमिटर, भोजपुर–मानेभन्ज्याङ ३० किलोमिटर सडकखण्डको विस्तृत विवरण पठाइएको हो । 

यसैगरी, जिल्लामा सञ्चालनमा रहेका भोजपुर–दिंला ३९ किलोमिटर, दिंला–सतिघाट १७ किलोमिटर, भोजपुर–घोरेटार–रानीबास ५६ किलोमिटर र भोजपुर–बैकुण्ठे सडकका लागि पनि रुट पर्मिट निर्धारण गर्न सिफारिस गर्ने तय भएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो । 

सिफारिस भएपछि यातायात व्यवसायीले रुट पर्मिट इजाजतपत्र लिएर मात्र सवारीसाधन चलाउनुपर्ने भएको छ । 

अस्थायी रुपमा दिन लागिएको इजाजतपत्र स्थायीरुपमा दिनसके थप प्रभावकारी हुने संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा