भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । 

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । 

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चम"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि फेसबुक अभियानवाट दश लाख सङ्कलन

१० भाद्र २०७३, शुक्रबार ०७:०८

 भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । 

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै रु १० लाखभन्दा बढी सङ्कलन भएको हो । 

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको छ । 

अभियानका क्रममा एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्चको संरक्षक सदस्य बन्दै रु १० लाखभन्दा बढी सङ्कलन भएको मञ्चका सल्लाहकार मनोज गुरुङले जानकारी दिनुभयो । 

मञ्चले पूर्व विद्यार्थीबाट संरक्षक सदस्य बन्न रु १५ हजार, आजीवन सदस्य बन्न रु १० हजार र साधारण सदस्य बन्न रु ५०० शुल्क तोकेको छ । सदस्य बनेर उठेको रकमबाट निजी स्रोतमा शिक्षक राखी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्य राखिएको सल्लाहकार गुरुङले बताउनुभयो । 

“एक हप्ताको बीचमा स्वदेश र विदेशमा रहेका पूर्व विद्यार्थीमध्ये धेरैले संरक्षक सदस्य बन्नुभएको छ” उहाँले भन्नुभयो – “हरेक दिन विदेश र स्वदेशबाट सहयोग रकम सङ्कलन हुने काम भइरहेको छ” । पूर्व विद्यार्थीबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । 

गाउँबाट शिक्षाका लागि विद्यार्थी र अभिभावक बसाइ सराइ गर्दै सहरबजार धाउन थालेपछि गाउँमै गुणस्तरीय शिक्षा दिएर बसाइ सराइ रोक्ने मञ्चको पहिलो लक्ष्य रहेको अध्यक्ष गौतम गुरुङले बताउनुभयो । 

उहाँका अनुसार आर्थर डाँडाखर्क गाविसबाट मात्रै विगत डेढ दशकको अवधिमा ४०० भन्दा बढी परिवार बसाइ सराइ गरेका छन् । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको सङ्ख्या बर्सेनि सयभन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने विश्वास लिइएको अध्यक्ष गुरुङले बताउनुभयो । 

विद्यालयका देश विदेशमा रहेका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन कठिन भएपछि फेसबुक म्यासेन्जरलाई प्रयोग गरी भूतपूर्व विद्यार्थी मञ्च गठन गरेका थिए । 

मञ्चको कार्यसमितिको बैठक म्यासेन्जरमै बस्ने तथा आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि आर्थिक सहयोग र अन्य सहयोग पनि सङ्कलन गर्न थालेका छन् । 

विद्यालयका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन सम्भावना नभएपछि फेसबुक म्यासेन्जरमा समूह बनाई विद्यालयको शैक्षिक सुधारका लागि सङ्गठित गरिएको मञ्चका उपाध्यक्ष नारायण पौडेलले बताउनुभयो । स्वदेशमा भन्दा विदेशमा श्रमका लागि गएका विद्यार्थी बढी सङ्गठित हुने र सहयोग घोषणा गर्ने क्रम बढेको उपाध्यक्ष पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा