भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । 

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । 

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चम"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि फेसबुक अभियानवाट दश लाख सङ्कलन

२०७३, १० भाद्र शुक्रबार ०७:०८

 भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । 

पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै रु १० लाखभन्दा बढी सङ्कलन भएको हो । 

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको छ । 

अभियानका क्रममा एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्चको संरक्षक सदस्य बन्दै रु १० लाखभन्दा बढी सङ्कलन भएको मञ्चका सल्लाहकार मनोज गुरुङले जानकारी दिनुभयो । 

मञ्चले पूर्व विद्यार्थीबाट संरक्षक सदस्य बन्न रु १५ हजार, आजीवन सदस्य बन्न रु १० हजार र साधारण सदस्य बन्न रु ५०० शुल्क तोकेको छ । सदस्य बनेर उठेको रकमबाट निजी स्रोतमा शिक्षक राखी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्य राखिएको सल्लाहकार गुरुङले बताउनुभयो । 

“एक हप्ताको बीचमा स्वदेश र विदेशमा रहेका पूर्व विद्यार्थीमध्ये धेरैले संरक्षक सदस्य बन्नुभएको छ” उहाँले भन्नुभयो – “हरेक दिन विदेश र स्वदेशबाट सहयोग रकम सङ्कलन हुने काम भइरहेको छ” । पूर्व विद्यार्थीबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । 

गाउँबाट शिक्षाका लागि विद्यार्थी र अभिभावक बसाइ सराइ गर्दै सहरबजार धाउन थालेपछि गाउँमै गुणस्तरीय शिक्षा दिएर बसाइ सराइ रोक्ने मञ्चको पहिलो लक्ष्य रहेको अध्यक्ष गौतम गुरुङले बताउनुभयो । 

उहाँका अनुसार आर्थर डाँडाखर्क गाविसबाट मात्रै विगत डेढ दशकको अवधिमा ४०० भन्दा बढी परिवार बसाइ सराइ गरेका छन् । अझै बालबालिका पढाउनका लागि बजारमा डेरा खोजेर बस्नेको सङ्ख्या बर्सेनि सयभन्दा बढी हुने गरेको छ । गाउँमै राम्रो शिक्षा दिन सके बजार झर्ने क्रम रोकिने विश्वास लिइएको अध्यक्ष गुरुङले बताउनुभयो । 

विद्यालयका देश विदेशमा रहेका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन कठिन भएपछि फेसबुक म्यासेन्जरलाई प्रयोग गरी भूतपूर्व विद्यार्थी मञ्च गठन गरेका थिए । 

मञ्चको कार्यसमितिको बैठक म्यासेन्जरमै बस्ने तथा आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि आर्थिक सहयोग र अन्य सहयोग पनि सङ्कलन गर्न थालेका छन् । 

विद्यालयका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन सम्भावना नभएपछि फेसबुक म्यासेन्जरमा समूह बनाई विद्यालयको शैक्षिक सुधारका लागि सङ्गठित गरिएको मञ्चका उपाध्यक्ष नारायण पौडेलले बताउनुभयो । स्वदेशमा भन्दा विदेशमा श्रमका लागि गएका विद्यार्थी बढी सङ्गठित हुने र सहयोग घोषणा गर्ने क्रम बढेको उपाध्यक्ष पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा