२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा ब्राउन सुगरसहित तीन पक्राउ

२०७८, १८ माघ मंगलवार ०५:३०

माघ १८, कर्णाली | जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो । सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो । बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताउनुभयो ।

त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तवीर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रामा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन