२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

१८ माघ २०७८, मंगलवार ०६:४३

माघ १८, काठमाडौँ | राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।”

मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने बताउँदै महाप्रबन्धक राईले नेपालको चौतर्फी समुचित विकास एवं समृद्धिका लागि मधेस प्रदेशको विकास एवं समृद्धि हुनु जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशको सरकारले चालेका ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘बेटी बिमा’, ‘महिलालाई ५० प्रतिशत आरक्षण’ लगायत कार्यक्रमको प्रशंसा गर्नुहुँदै यस्ता कार्यक्रमले प्रदेशको विकासमा टेवा पुग्ने तथा लैङ्गिक विभेदको अन्त्य हुँदै यस प्रदेशले निकट भविष्यमै हरेक क्षेत्रमा अतुलनीय फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मधेस प्रदेश प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीलाई मधेस प्रदेश सरकारको सकारात्मक कदमलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण सुझाव दिनुभयो । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति मधेस प्रदेशको समन्वयमा प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा आठवटै जिल्लाका करिब दुई दर्जन राससकर्मी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य