२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा दश वर्षमा आठहजार जनसङ्ख्या वृद्धि

१८ माघ २०७८, मंगलवार ०७:४९

माघ १८, मान्म | दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ  भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिद्धर ०.५४ प्रतिशत  छ ।

नतिजा अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसङ्ख्यामा रहेको छ । सो गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसङ्ख्या रहेकामा अहिले २२ हजार ४१४  देखिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसङ्ख्या वृद्धि भएको छ ।  २०६८ सालमा २० हजार ६१८ जनसङ्ख्या रहेको सो नगरपालिकामा  अहिले  झन्डै तीन हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ । 

नतिजा अनुसार शुभकालिकामा १३ हजार ९००, महावैमा आठ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र  तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसङ्ख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै