२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको जनसङ्ख्या वृद्धिदरमा किन कमी ?

२०७८, १८ माघ मंगलवार ०९:११

माघ १८, महोत्तरी | मधेस प्रदेशको लगभग माझमा पर्ने महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घटेको छ । एक साताअघि सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा जिल्लाको जनसङ्ख्या दर २०६८ को तुलनामा घटेको हो । 

जिल्लामा यसपालिको तथ्याङ्कमा जनसङ्ख्या वृद्धिदर एक दशमलव तीन (१.३) प्रतिशत छ । यसअघि २०६८ को राष्ट्रिय जनगणनामा यो दर एक दशमलव चार (१.४) थियो । मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यो दर प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा कम भएको जनाएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार बितेको १० वर्षमा जिल्लामा जनसङ्ख्या ८७ हजार ४६० बढेको छ । यसअघि (२०६८) को राष्ट्रिय जनगणनामा जिल्लाको जनसङ्ख्या छ लाख २७ हजार ५८० थियो भने यसपालिको गणनामा यो सङ्ख्या सात लाख १५ हजार ४० देखाइएको छ ।

दुई राष्ट्रिय जनगणनाको बीच अवधिमा महिलाभन्दा पुरुषको सङ्ख्या बढेको छ । मुलुकभरिको गणनामा महिला बढी भए पनि महोत्तरीमा भने पुरुष बढी देखिएका छन् । 

२०६८ मा तीन लाख ११ हजार १६ रहेको पुरुष सङ्ख्या यसपालि ४३ हजार ९३६ बढेर अहिले तीन लाख ५४ हजार ९५२ पुगेको छ । यसैगरी २०६८ मा तीन लाख १६ हजार ५६४ रहेको महिला सङ्ख्या यसपालि २३ हजार २०६ बढेर अहिले तीन लाख ३९ हजार ७७० पुगेको तथ्याङ्कमा उल्लेख छ । २०६८ मा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहे पनि यसपालि पुरुष बढेका छन् । यसपालि महिला सङ्ख्या १५ हजार १८२ ले घटेको हो । यसअघि २०६८ मा महिलाको सङ्ख्या पुरुषभन्दा पाँच हजार ५४८ ले बढी थियो ।

“यसपालि २०६८ भन्दा ८७ हजार ४६० जनसङ्ख्या बढेको देखिन्छ, यसमा कतिपय बसाइँ सरेर आएका भए पनि अधिकांश चैं नयाँ जन्मेकै हुनुपर्छ,” महिला अधिकारकर्मी तथा स्वास्थ्य स्वयंसेविका भङ्गाहा–४ की दीपमायाँ श्रेष्ठ भन्नुहुन्छ, “२०६८ भन्दा पुरुष करिब ४४ हजार बढेका छन्, जबकि महिलाको बढेको सङ्ख्या यो तुलनामा झन्डै आधा छ ।” 

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालिको गणनामा सबैभन्दा बढी जनसङ्ख्या गौशाला नगरपालिकामा ७३ हजार आठ र सबैभन्दा कम एकडारा गाउँपालिकामा ३२ हजार ६० देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु