२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्याबासी पाउँदै एम्बुलेन्स चालक दाहाल

२०७८, १८ माघ मंगलवार १०:३२

माघ १८, सुदूरपश्चिम | एम्बुलेन्स चालक गोविन्दप्रसाद दाहाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षसम्म कोरोनाका पोजेटिभ बिरामी पुर्याउँदै गर्दा हतारमा हुनुहुन्थ्यो । बिरामी आइसियु कक्षसम्म पुर्याउन पाउँदा नपाउँदै अर्को बिरामी लिन जानु परेपछि उहाँ हतारो गरिरहेको अवस्थामा भेटिनु भएको हो । स्टेचरको सहायताले एम्बुलेन्सबाट अरू कसैको सहयोग विना बिरामीबाहिर निकालेर उहाँ आइसियुमा राख्नुपर्ने अर्को बिरामी लिन जाँदै गर्दा त्यहाँ रहेका बिरामीका कुरुवाबाट उहाँले स्याबासी पाउँदै हुनुहुन्थ्यो ।  

बिरामी कुरुवा नारायण रेग्मीले भन्नुभयो, “आफूलाई जोखिममा राखेर एम्बुलेन्स चालक दाहालमा आफ्नो कामभन्दा पनि बिरामीको छिटो उपचार गराउने सेवाको भावना देखिन्छ”, स्याबासी पाएर खुसी देखिनुभएका ५५ वर्षीय दाहालले भन्नुभयो, “आफ्नो  पदीय जिम्मेवारीसँगसँगै कोरोनाको महामारीको बेला मानवीय कर्तव्य सम्झेर बिरामीलाई समयमै उपचार व्यवस्थापन गर्ने काममा सघाइरहेको छु, धेरैले आफ्नो कामबाट खुसी व्यक्त गर्ने गरेका छन् ।” 

बिरामी बोक्दाबोक्दै उहाँ कोभिड वार्डको आइसियु, भेन्टिलेटर, नन कोभिड आइसियु लगायतका सबै कक्षमा राख्नुपर्ने बिरामीको अवस्थाका बारेमा चासो पनि राख्नुहुन्छ ।

उहाँ जोखिम मोलेरै आफैँ बिरामीको मुखमा अक्सिजन सिलिन्डर मिलाउने, सिलिन्डर अभाव भए तत्काल एम्बुलेन्समा अर्को सिलिन्डरको व्यवस्थापन गर्ने र समयमै बिरामीलाई उपचार कक्षसम्म पुर्याउने काममा दक्ष भइसक्नुभएको छ । 

चार वर्षदेखि करारमा कार्यरत दाहालले रासससँग कुराकानीमा भन्नुभयो, “बिरामीले थलिएको मान्छेको छिटो उपचार गराउने ठाउँमा पुर्याउन पाउँदा आफूलाई पनि शान्ति हुन्छ हजुर ।”  

पछिल्ला हप्तामा कोरोना सङ्क्रमण दर बढेसँगै बिहानदेखि अबेर रातिसम्म एम्बुलेन्समा सङ्क्रमित बिरामी बोक्नमा यति बेला व्यस्तता बढ्दा उहाँको खाना र खाजा खाने समय पनि अनिश्चित बन्ने गरेको छ ।  

अस्पतालमा उपचाररत बिरामीका आफन्त पवन जाग्रीले पनि एम्बुलेन्स चालक दाहालको सक्रियताले धेरै बिरामीको समयमै उपचार व्यवस्थापन गर्न सहज भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो स्वास्थ्य जोखिममा पारेर निरन्तर खटिने यस्ता निष्ठावान् र इमान्दार कर्मचारीको उचित मूल्याङ्कन गनुपर्छ ।” 

अग्रपङ्क्तिमा खटिएर काम गर्ने एम्बुलेन्स चालकसहितका स्वास्थ्यकर्मीले गएको वैशाखदेखि जोखिम भत्ता पाउन सकेका छैनन् । दाहालले गएको वैशाखदेखि जोखिम भत्ता नपाएरै भए पनि कोरोना बिरामी उपचार व्यवस्थापनमा कमीकमजोरी हुन नदिइएको बताउनुभयो ।

आइसियु कक्षबाहिर बिरामीका आफन्त र कुरुवाका लागि भने उभिनेसम्मको ठाउँको व्यवस्थापन  नहुँदा बिरामीका कुरुवा र आफन्त नै बिरामी हुनुपर्ने अवस्था छ । शीतलहरसँगै बढेको अत्यधिक चिसो मौसममा खुला आकासमुनि उभिएर कुरुवा बस्नुपर्दा बिरामी कुरुवाको बिचल्ली हुने गरेको हो । 

अस्पतालमा भर्ना भएका बिरामीका आफन्त नारायण रेग्मीले भन्नु भयो, “नर्सले एकजना कुरुवा बस्नैपर्छ भन्छन् तर अस्पताल परिसरमा उभिनेसम्मको ठाउँ नहुँदा चिसो मौसममा स्वस्थ्य व्यक्ति पनि बिरामी पर्ने जोखिम बढेको छ ।” 

दुई दिनयता भने आइसियु कक्षबाहिर बिरामी कुरुवाका लागि प्लाष्टिक बेरेर बस्न मिल्ने कटेरो बनाइएको छ । आइसियु कक्षमा पुगेर कुरुवा आफैँले बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । नर्सिङ स्टाफले पिपिआर, ग्लोब, मास्क जस्ता स्वास्थ्य सामग्री प्रयोग गरेर बिरामीको उपचार व्यवस्थापनमा खटिएका हुन्छन् । तर कुरुवाहरुले मास्क मात्रै प्रयोग गरेर बिरामीलाई आफैँ खाना खुवाउनु पर्दा स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको छ ।  

कोरोना सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशको ठूलो सेती प्रदेशिक अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ । अस्पतालका शय्याहरु सङ्क्रमित बिरामीले भरिन थालेका छन् । स्वास्थ्य निर्देशालय दीपायलको तथ्याङ्कका अनुसार गएको दुई हप्तामा छ हजार २९४ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो अवधिमा सङ्क्रमित सातजनाको मृत्यु भएको छ ।

सङ्क्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेहरुको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेसनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सीमाबाट भित्रिनेहरुको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुन सकेको छैन । कैलाली र कञ्चनपुरमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो ।हालकै गतिमा भइरहेको कोरोना सङ्क्रमण दर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ । 

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधारहरु जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला