२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरकाअधिकांश पशु वधशाला मापदण्डविपरित

२०७८, १९ माघ बुधबार ०९:१२

माघ १९, भक्तपुर | भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ । 

भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो । 

वधशाला फोहर हुँदा यहाँबाट बजार जाने मासु पनि स्वस्थ्यकर नहुने र यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने उहाँले बताउनुभयो । वधशालालाई अझ बढी व्यवस्थित गरी तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने संयोजक गोराको भनाइ छ । अधिकांश वधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, फोहोर पानी निकासको व्यवस्थापन नभएको, पानी शुद्धिकरण नगरेको, पशुपक्षी वधयोग्य भए/नभएको परीक्षण नगरेको र राँगा वध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको पाइएको उहाँले बताउनुभयो ।

महेश्वरी सप्लार्यस, जय महेश्वरी माँ फ्रेस मिट, न्यू महेश्वरी हाइजेनिक मिट शप, वधस्थल सरसफाइमा ध्यान नदिएको, किमा बनाउने मेसिन र टेबुल सफा नराखेको, एप्रोन सेतो र सफा नगरेको, फोहोरहरु व्यवस्थित नगरेकाले मापदण्डभित्र रहेर सञ्चालन गर्न निर्देशन दिएको छ । कतिपय पसलले पसल नवीकरण गर्न र तराजु पनि नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

वधस्थलको फोहोर पर्खाल बनाएर छुट्याउनु पर्ने, वधस्थल सफा गर्नुपर्ने, एप्रोन सेतो र सफा प्रयोग गर्नुपर्ने, मूल्य सूची व्यवस्थित गर्नुपर्ने, मासु राख्ने टेबल ग्लासले छोपेर बारेको, धुलो र झिँगा नभन्किने गरी मासु सुरक्षित राख्नुपर्ने, राँगो काट्ने वा मार हान्ने जीवित राँगोले नदेख्ने गरी व्यवस्थापन गर्नुपर्ने र मासु व्यवस्थापन गर्ने भुइँमा पानी नजम्ने र सफा गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्ने गरी सुधार गर्न सबै वधशाखालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै