२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

उपभोक्ता समितिबाट बाहिरिए सरकारी शिक्षक

१९ माघ २०७८, बुधबार ०९:२५

माघ १९, काठमाडौँ |  गोकर्णेश्वर नगरपालिका–९ आरुबारीका एक विद्यालयका स्थायी शिक्षकलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि ती शिक्षकले राजीनामा दिन बाध्य भएका छन् ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन पानीखोल्चा पहिराको जोखिममा परेपछि विद्यालयकै स्थायी शिक्षक नरबहादुर गुरुङलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि उहाँ राजीनामा दिन बाध्य भएका हुन् ।

विज्ञान विषयका शिक्षक गुरुङ समितिको अध्यक्ष हुनुहुन्छ । उपभोक्तामार्फत् भएको काममा डोजर चलाएको समाचार तस्बिरसहित राष्ट्रिय समाचार समितिबाट गत पुस २३ गते सार्वजनिक भएको थियो । पहिरा नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब रु ४० लाख बजेट विनियोजन गर्यो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो । 

हाल प्रदेश सरकारले यो मन्त्रालय फुटाएर बनाएको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बसुन्धराले आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरेर सरकारी शिक्षक गुरुङलाई उपभोक्ता समितिमा राखेको थियो । समाचार सार्वजनिक भएपछि कार्यालयले गुरुङलाई राजीनामा गर्न लगाएर उपभोक्ता समितिका सदस्य पासाङ लामालाई अध्यक्ष बनाएको छ । स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने र आयोजनाप्रति स्थानीयवासीको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको छ । 

रोजगारी दिन सञ्चालन हुने आयोजनामा डोजर चल्ने गरेको छ । विद्यालय भवनमा सिभिल इञ्जिनीयरिङको कक्षा ९ देखि १२ सम्मको अध्ययन अध्यापन हुन्छ । विद्यालयको पुरानो भवन भने आरुबारी चोकमा छ । जहाँ कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ । नगरपालिका–९ का वडाध्यक्ष राजीव थापाले पहिरो नियन्त्रणका लागि डिभिजन कार्यालयसँगै नगरपालिकाले पनि नगरस्तरीय योजनाअन्तर्गत रु २५ लाख बजेट छुट्याइएको बताउनुभयो । नगरपालिकाको बजेटले भने काम सुरु नभएको उहाँको भनाइ छ । डिभिजनको बजेटको काम सकिएपछि नगरपालिकाको बजेटले काम गरिने जनाइएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले यसअघि आयोजना सञ्चालन गर्दा गल्ती भएको स्वीकार गर्नुहुँदै अब विधिवत् रुपमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य