२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

१९ माघ २०७८, बुधबार १०:११

माघ १९, वाग्मती | नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । महासङ्घ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु पाँच लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

महासङ्घले  २० वर्ष काम गरेका र ६० वर्ष उमेर  पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन  सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले भन्नुभयो । नेपालमा पहिलो पटक पत्रकार महासङ्घ मकवानपुर शाखाले एक वर्ष अगाडि कोष स्थापना गरेर मासिक रु चार हजार ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ ।

चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि रु पाँच लाख सहयोग  गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो । शाखाका निर्वतमान अध्यक्ष तथा पेन्सनकोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासङ्घ पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दे लैजाने अभियानमा लागेको बताउनुभयो । उक्त शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सनकोष सभामा ल्याइएको उहाँले भन्नुभयो । पेन्सनकोषका लागि उपमहानगरपालिकाले  अघिल्लो वर्षमा रु १० लाख  सहयोग गरेको बताइएको छ । 

यसअघि  हेटौँडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १६४ पत्रकारको रु पाँच लाखको दरले दुर्घटना बीमा गरिसकेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम रु एक लाख २२ हजार २७० महासङ्घलाई  प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको बताइएको छ । गतवर्षदेखि उपमहानगर पालिकाले सो शाखाका सदस्यका लागि दुर्घटना बीमा गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान