२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर

१९ माघ २०७८, बुधबार १०:४२

माघ १९, राँझा | सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ । 

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा रु २९ करोड ३८ लाख २० हजारको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एकहजार क्षमताको रहेको छ । नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा निर्माण भइरहेको छ सो होल्डिङ सेन्टरमा जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना भाइरस सङ्क्रमितलाई राख्ने बताइएको छ । 

नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउने, स्थानीयस्तरमा भइरहेको सङ्क्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, बाढीपहिरा, भूकम्पजस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ । यसको निर्माणको जिम्मा ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई दिएको छ । होल्डिङ सेन्टर निर्माणका लागि ठेकेदार कम्पनीलाई गत पुस मसान्तसम्मको समय दिएको थियो । 

अहिलेसम्म होल्डिङ सेन्टरको ३७ प्रतिशत अर्थात् रु १० करोड ९९ लाख ६० हजार   बराबरको वित्तीय प्रगति देखिएको छ । निर्माणाधीन होल्डिङ सेन्टरमा तत्कालका लागि ३०० जनालाई मात्र व्यवस्थापन गर्न सकिने गरी काम भएको श्री नम्बर ४ बाहिनी अड्डा नेपालगञ्जका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले बताउनुभयो । आगामी चैत महिनासम्म निर्माण कार्य गर्नका लागि ठेक्का सम्झौताको म्याद थप्ने प्रक्रिया अगाडि बढिसकेको कम्पनीले जनाएको छ । चैतभित्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । होल्डिङ सेन्टरमा शौचालय, भान्सालगायत पूर्वाधार निर्माण गरिँदैछ । भारतबाट आउने कोरोना सङ्क्रमितलाई हाल नेपालगञ्ज उपमहानगरपालिकाले बाँके बर्दियास्थित बाल मन्दिरको आइसोलेशनमा व्यवस्थापन गर्दै आएको छ । समयमा होल्डिङ सेन्टर नबन्दा कोरोना भाइरस सङ्क्रमितको ब्यवस्थापन गर्न समस्या भइरहेको नगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान