२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर

१९ माघ २०७८, बुधबार १०:४२

माघ १९, राँझा | सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ । 

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा रु २९ करोड ३८ लाख २० हजारको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एकहजार क्षमताको रहेको छ । नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा निर्माण भइरहेको छ सो होल्डिङ सेन्टरमा जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना भाइरस सङ्क्रमितलाई राख्ने बताइएको छ । 

नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउने, स्थानीयस्तरमा भइरहेको सङ्क्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, बाढीपहिरा, भूकम्पजस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ । यसको निर्माणको जिम्मा ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई दिएको छ । होल्डिङ सेन्टर निर्माणका लागि ठेकेदार कम्पनीलाई गत पुस मसान्तसम्मको समय दिएको थियो । 

अहिलेसम्म होल्डिङ सेन्टरको ३७ प्रतिशत अर्थात् रु १० करोड ९९ लाख ६० हजार   बराबरको वित्तीय प्रगति देखिएको छ । निर्माणाधीन होल्डिङ सेन्टरमा तत्कालका लागि ३०० जनालाई मात्र व्यवस्थापन गर्न सकिने गरी काम भएको श्री नम्बर ४ बाहिनी अड्डा नेपालगञ्जका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले बताउनुभयो । आगामी चैत महिनासम्म निर्माण कार्य गर्नका लागि ठेक्का सम्झौताको म्याद थप्ने प्रक्रिया अगाडि बढिसकेको कम्पनीले जनाएको छ । चैतभित्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । होल्डिङ सेन्टरमा शौचालय, भान्सालगायत पूर्वाधार निर्माण गरिँदैछ । भारतबाट आउने कोरोना सङ्क्रमितलाई हाल नेपालगञ्ज उपमहानगरपालिकाले बाँके बर्दियास्थित बाल मन्दिरको आइसोलेशनमा व्यवस्थापन गर्दै आएको छ । समयमा होल्डिङ सेन्टर नबन्दा कोरोना भाइरस सङ्क्रमितको ब्यवस्थापन गर्न समस्या भइरहेको नगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो