२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा जन्मदिनको भोज खाँदा एकजनाको मृत्यु, ४९ जना बिरामी

२०७३, १६ बैशाख बिहीबार ०७:०६

वैशाख १६, नुवाकोट । जन्मदिनको
भोज खादाँ नुवाकोटको काहुलेमा एक जनाको ज्यान गएको छ भने भोज खाने थप गाउँले बिरामी भएका छन्।  काहुले–६
का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएका ५० जना गाउँले बिरामी भएका हुन्।

बिरामीमध्ये
काहुले–८ का ३० वर्षीय मेघबहादुर तामाङको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयका
प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताए।

मङ्गलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि
बिरामी पर्न थालेका हुन् बिरामीलाई बुधबार राति उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो

अहिले त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको प्रहरीले
जनाएको छ। उक्त भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासु, रक्सी सेवन गरेको र भोज भएको घरमा बाँकी
भएको परिकारसमेत प्रहरीले परीक्षणका लागि सदरमुकाम ल्याएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । कुन
खाद्य परिकारमा कुन विषादीका कारण बिरामी भएका हुन् भन्ने अझै खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा