४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा जन्मदिनको भोज खाँदा एकजनाको मृत्यु, ४९ जना बिरामी

१६ बैशाख २०७३, बिहीबार ०७:०६

वैशाख १६, नुवाकोट । जन्मदिनको
भोज खादाँ नुवाकोटको काहुलेमा एक जनाको ज्यान गएको छ भने भोज खाने थप गाउँले बिरामी भएका छन्।  काहुले–६
का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएका ५० जना गाउँले बिरामी भएका हुन्।

बिरामीमध्ये
काहुले–८ का ३० वर्षीय मेघबहादुर तामाङको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयका
प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताए।

मङ्गलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि
बिरामी पर्न थालेका हुन् बिरामीलाई बुधबार राति उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो

अहिले त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको प्रहरीले
जनाएको छ। उक्त भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासु, रक्सी सेवन गरेको र भोज भएको घरमा बाँकी
भएको परिकारसमेत प्रहरीले परीक्षणका लागि सदरमुकाम ल्याएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । कुन
खाद्य परिकारमा कुन विषादीका कारण बिरामी भएका हुन् भन्ने अझै खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण