२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा हिमपातले जनजीवन प्रभावित

२०७८, २१ माघ शुक्रबार ०७:५४

माघ २१, रसुवा | गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

लाङ्टाङ, बृद्धिम, चन्दनबारी, खैदी, थुमन, नाकथली, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, ग्रे, नेसिङ, राम्चे, यार्सा, सिङ्बन्दी र  लाङ्बु क्षेत्र हिमपातले प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै लोकिल, धुञ्चे, ठाडे, ठूलोस्याफ्रु, ब्राबललगायत डेढ दर्जन गाउँमा हिमपात भएको बताइन्छ ।

वृद्धवृद्धा र  बालबालिकालाई तातोमा राख्न, पोषिला र ताता झोल कुरा खुवाउन  तथा घरभित्रका कोठामा आगो ताप्दा झ्यालढोका  खोल्नसमेत अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरीगाई, भेंडाबाख्रालगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ– समाजमा कुनै समस्या आएमा तुरून्तै जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिई विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत हिमपात प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको सहायक प्रजिअ थापाले बताउनुभयो । कुनै पनि विपद् व्यवस्थापनमा उद्धारकर्मी तयार रहेकाले जिल्लास्तरमा तुरून्तै सूचना दिने कामलाई प्राथमिकता दिन जिल्ला विपद् व्यवस्थापन समितिले  सबैमा अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन