२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

वडाध्यक्षको पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

२१ माघ २०७८, शुक्रबार ०८:१८

माघ २१, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ । 

विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले उहाँले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको तलब भत्ताबापतको रु १५ लाख हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष थापामागरले भन्नुभयो, “मैले आफू जनप्रतिनिधि भएपछि पाएको पाँच वर्षको सम्पूर्ण तलब, भत्ता गरी रु १५ लाख यस विद्यालयका लागि स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ को अक्षय कोषलाई आजकै मितिबाट हस्तान्तरण गरेको छु, अब यो क्षेत्रमा कोही पनि गरिब विद्यार्थीले शुल्क तिर्न नसकेर वा शैक्षिक सामग्री नभएर पढाइबाट वञ्चित हुनुपर्दैन ।”

सूर्यविनायक नगरपालिकाले यहाँका वडाध्यक्षलाई एक सवारीसाधन (मोटरसाइकल), उक्त साधनका लागि पेट्रोल र बैठक भत्ता उपलब्ध गराउँदै आएको थियो । नगरपालिकाबाट पाउने कुनै पनि सुविधा नलिएको बताउँदै उहाँले भन्नुभयो, “म वडाध्यक्ष भएपछि नगरपालिकाले दिएको सवारीसाधन पनि लिइन, मैले नगरपालिकाबाट एक रुपैयाँको तेल पनि लिएको छैन, मैले तलब भत्ता पनि लिन्न भनेको थिएँ, तर साँसद महेश बस्नेतले तलब भत्ता लिएर सामाजिक कार्यमा लगाउनुस् भन्ने सुझाब दिएपछि उक्त रकम मैले गरिब विद्यार्थीका शिक्षाका लागि खर्च गर्ने गरी अक्षयकोषलाई हस्तान्तरण गरेको छु ।” 

अक्षयकोषमा रहने रकमबाट उक्त विद्यालयमा आउने गरिब, जेहेन्दार विद्यार्थीका लागि शिक्षाको पहुँच पुर्याउन, पैसा नभएर कापी, कलम, किताब किन्न नसक्ने कोही पनि पढाइबाट वञ्चित हुन नपरोस् भनेर अक्षयकोष स्थापना गरी रकम प्रदान गरेको उहाँले बताउनुभयो । अक्षयकोषका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभयो ।

 त्यस्तै निक भुजिकिक हाउजिङ प्रालिले रु १० लाख, झ्यामो घ्याङ हाउजिङ प्रालिले रु १० लाख र प्रतिष्ठानका अध्यक्ष द्वारिकाप्रसाद सत्यालले रु एक लाख सहयोगसहित एकै दिन अक्षयकोषमा रु ३७ लाख जम्मा भएको छ । वडाध्यक्ष थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा स्थापना गर्नुभएको प्रतिष्ठानको अक्षयकोषमा रु एक करोड पुर्याउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य