२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार लाख मूल्य बराबरका खाद्य वस्तु नष्ट

२४ माघ २०७८, सोमबार ०८:११

माघ २४, कर्णाली | सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा ३६८ पटक अनुगमन गरेको जनाएको हो । 

कार्यालयका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन तथा  खाद्यवस्तुको गुणस्तरबारे सचेतना र गुणस्तर मापनको काम भइरहेको बताउनुभयो । कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको उहाँको भनाइ थियो । “गुणस्तर मापनका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुका नमूना परीक्षणसमेत बढाइएको छ,” प्रमख थापाले भन्नुभयो, “दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरेका छौँ, १२ वटा मुद्दा अदालतमा पुगेकामा केहीको फैसलासमेत भइसकेका र केही प्रक्रियामै छन् ।”

कार्यालयले चालु आर्थिक वर्षको हालसम्म खाद्य उद्योगहरूमा १३ पटक अनुगमन, अन्य ४५ उद्योगमा निरीक्षण र  खाद्य पसल, सुपरमार्केट, रेस्टुरेन्ट तथा मिठाई पसलमा गरी २६८ पटक अनुगमन, दाना उद्योगमा दुईपटक अनुगमन गरिएको जनाएको छ । 

त्यस्तै होटेल व्यवसायीलाई होटेल स्तरीकरणसम्बन्धी  सचेतना अभिमुखीकरण दिनाका साथै होटेल, रेस्टुरेन्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । होटेलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको छ । कार्यालय प्रमुख थापाका अनुसार सुर्खेतमा १३ वटा होटेलमात्र वर्गीकरणमा परेका छन् । 

कार्यालयले भुसाल इन्टरप्राइजेज छिन्चुमा लेबल नभएको ५० बोरा चामल बिक्रीमा रोक, खाद्य व्यापार कम्पनीको एक हजार ९७५ क्विन्टल चामल रोक्का, आरपी जनरल स्टोर्स  ५४ पेटी भेनिगर तथा १५० पेटी सोया ससमा रोक्का गरिएको र पटक–पटकको निर्देशन पालना नगर्ने दुई उद्योगको कारोबार रोक्का गरिएको  जनाएको छ । उक्त कार्यालयले  कर्णाली र सुर्खेतका साथै दैलेख, जाजरकोट, रूकुम पश्चिम, डोल्पा र हुम्लामा खाद्य गुणस्तरसम्बन्धी अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य