२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अझै खुलेन हिमपातले ठप्प भएको मध्यपहाडी राजमार्ग

२४ माघ २०७८, सोमबार ०९:४८

माघ २४, गलकोट | हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अवरुद्ध बनेको हो । 

वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छ । शुक्रबार रातिदेखि परेको हिमपातले शनिबार बिहानसम्म बागलुङका ग्रामीण क्षेत्र पनि हिउँले सेताम्मे बनेका थिए । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ । 

बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अत्यधिक हिमपात भएपछि यातायात ठप्प भएको हो । निसीखोलाको सीप क्षेत्रदेखि माथिल्लो भेगमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको स्थानीयवासी अबिन घर्ती मगरले जानकारी दिनुभयो । उहाँले सिमानाभन्दा तल्लो क्षेत्रमै दुई फिटभन्दा बढी हिउँ जमेको भन्दै सिमाना अझ बढी हिउँ भएको बताउनुभयो । 

काठमाडौँदेखि पूर्वी रुकुमका लागि छुटेका गाडी रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरुलाई यातायातमा समस्या भएको छ । बागलुङ हुँदै पोखरा, काठमाडौँलगायत देशका मुख्य सहरमा जाने यात्रु सडक अवरुद्धका कारण रोकिनु परेको छ । यस क्षेत्रमा यो तेस्रो पटकको हिमपात हो । पहिलो र दोस्रो पटक हिमपात हुँदा केही कम परेको भए पनि यस पटक भने अत्यधिक परेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले अवरुद्ध भएको लोकमार्ग तत्काल खुलाउन नसकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान