२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

२०७८, २५ माघ मंगलवार ०८:४४

माघ २५, रुकुम | हिमपातका कारण अवरुद्ध  मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा  यात्रु समस्यामा परेका छन् । यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न  सकेका छैनन्  ।

सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन् । कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन् । वर्षेनि यसै समयमा हिमपातको कारण  सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ । 

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ । सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो