२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

२५ माघ २०७८, मंगलवार १०:२२

माघ २५, पोखरा | गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । 

प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो । यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको  जनाइएको छ । रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्याउने उद्देश्य राखिएको छ । प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन् । यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ । 

यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब रु ३८ लाख र नेपाल रेडक्रसले करिब रु ६२ लाख खर्च गर्नेछन् । 

एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब रु १२ हजार  र वार्षिक रिचार्ज गर्न करिब चार हजार ५०० खर्च लाग्ने बताइएको छ । यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ ।

रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाईस्तर उन्नती गरी ‘ख’ वर्गमा लगिने छ । एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्व अस्पताल सेवा सम्बन्धी तीन दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ ।

त्यसैगरी प्रत्येक जिल्लामा एक–एक दिनको अभिमुखिकरण तालिम सञ्चालन हुनेछ । प्रदेशभरिको लागि एम्बुलेन्सको लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ  ।  ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो