भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित

११ भाद्र २०७३, शनिबार ०५:३३

भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइने र पुराना शैलीका घरलाई संरक्षण गर्ने उद्देश्यले उक्त क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरिएको हो । 

उक्त क्षेत्रमा घर बनाउँदा बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र नगरपालिकाले बनाएको नियम पालना गर्नुपर्ने व्यवस्था रहेको कार्यकारी अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो । 

बन्दीपुर बजार क्षेत्रमा पुरानो शैलीका घर पर्यटकको आर्कषणको केन्द्रबिन्दु रहेकाले उपक्षेत्रभित्र घर निर्माण गर्दा आधुनिक र पश्चिमेली शैलीका घर निर्माण गर्न नपाइने उहाँले जानकारी दिनुभयो । 

उक्त क्षेत्रमा भएका पुराना संरचनाका घर भत्काउन समेत स्थानीय निकायको स्वीकृति लिनुपर्ने छ । घर निर्माण गर्दाका हकमा भने पराम्परागत नेपाली शैली एवम् आकार प्रकारका काठका झ्यालढोका राख्नुपर्ने, बार्दली कोठा निकाल्न नपाइने, बाहिरी गारामा प्लास्टर नगरी प्रस्टसँग इँटा देखाउनुपर्ने प्रावधान छ । 

त्यसैगरी कला, वास्तुकला एवम् धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा स्मारक वा स्मारकको परिसर वरिपरिका पहिलो पङ्क्तिमा घर स्मारकभन्दा होचो हुने गरी निर्माण गर्नुपर्ने लगायत नियम रहेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का