९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन गेम लतको कारण भारतमा १४ वर्षीयद्वारा आत्महत्या

९ फाल्गुन २०७८, सोमबार ०६:४५

फागुन ९, काठमाडौँ । अनलाइन गेमको लतका कारण भारतमा एक बालकले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । भारतीय सहर मुम्बई शहरका एक १४ वर्षीय बालक आफ्नो कोठामा मृत फेला परेका छन् ।

मुम्बईको भोइवाडामा बस्ने ती बालक पढाइमा निकै बुद्धिमान भएको र घटनाका बेला उनको साथबाट कुनै सुसाइड नोट फेला परेको बताइएको छ। प्रहरी अनुसन्धानले ती किशोरलाई अनलाइन गेम खेल्ने लत रहेको खुलेको छ। तर केटामा त्यस्तो लक्षण नदेखिएको उनका अभिभावक बताउँछन् ।

घटना भएको दिन उनका आमाबुवा घरबाहिर थिए। किशोरले साँझ ७ बजे बुवालाई फोन गरे तर बुवाले कुनै कारणले फोन गर्न सकेनन्। केही समयपछि बुवाले उनलाई फोन गरे तर उसले फोन उठाएन्।

घर फर्केर बालकको कोठाको ढोका ढकढकाएर हेर्दा कोठाको ढोका भित्रबाट बन्द थियो। ढोका फुटाएर हेर्दा भित्र बालक मृत अवस्थामा फेला परेका थिए। प्रहरीकाअनुसार बालकलाई रोयल ब्याटल गेम गरेना फ्री फायर खेल्ने लत लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिडिया रिपोर्टमा उल्लेख छ। तर, अभिभावकले बालबालिकामा यस्तो लत रहेको कुरा अस्वीकार गरेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालकलाई अनलाइन गेम खेल्ने बानी थियो। तर उनले आत्महत्याजस्तो कदम किन उठाए भन्ने खुल्न सकेको छैन। हालसालै मात्र भारतमा अन्य खेलहरूसँगै गारेना फ्री फायरलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प