९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा स्यालको टोकाईबाट १५ जना घाइते

१० फाल्गुन २०७८, मंगलवार ०६:३०

फागुन १०, काठमाडौँ । जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेको छ। मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो।

स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्।

एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टाेकेर घाइते बनाएकाे विष्णु गाउँपालिका वडा नम्बर-२, नदिया पकडीका रामजनम मुखियाले बताए।

स्यालले मुखियाको औला खाइदिएको छ । यस्तै घाइतेमध्य दुईजनालाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ।

बाँकी घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ। स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना