भदौ ११, धनगढी । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, धनगढी । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्त"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा जङ्गली हात्ती आतंक मच्चियो

११ भाद्र २०७३, शनिबार ०९:२२

भदौ ११, धनगढी । धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको रैकवार बिचवा गाविसमा केही दिनदेखि जङ्गली हात्तीको उपद्रोले धानबालीमा ठूलो क्षति पु¥याएको छ । 

कञ्चनपुरको दक्षिणी क्षेत्र रैकवार विचवा र शङ्करपुर गाविसमा रातिको समयमा आउने जङ्गली हात्तीले झन्डै दश बिगाहा क्षेत्रमा गरिएको धानबाली नष्ट गरेको स्थानीय शङ्करी रानाले बताउनुभयो । 

सीमावर्ती भारतको दूधवा राष्ट्रिय निकुञ्जबाट कञ्चनपुरको लालझाडी जङ्गल क्षेत्र हुँदै सो क्षेत्रमा पस्ने गरेका १४,१५ वटा हात्तीको झुन्डले मच्चाउने आतङ्कले स्थानीयवासी त्रसित बनेका छन् । 

हात्तीले रैकवार विचवाको वडा नं– ७, शङ्करपुरको वडा नं– १ र ६ मा पसाउन लागेको धानबालीमा बढी क्षति पु¥याएको छ । पसाउन लागेको धानबाली नष्ट गरेपछि दसैँको मुखमा के खाने भन्ने चिन्ता लागेको दुखेसो रानाले गर्नुभयो । 

रातभर गाउँ पस्न थालेपछि त्रासका कारण आफूहरु रातभर नसुतेरै जाग्राम बस्नुपरेको स्थानीयवासीको गुनासो छ । हात्ती आतङ्क रोक्न स्थानीयवासी प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि नियन्त्रणका लागि पहल नभएको स्थानीयवासीको गुनासो छ । 

हरेक वर्षको साउनदेखि असोजसम्म कैलाली, कञ्चनपुरका जिल्लामा जङ्गली हात्तीले उपद्रो मच्चाउने गरेको छ । हात्तीको आतङ्क रोक्न स्थानीयवासीलाई भेला गराएर युवादस्ता गठन गर्ने तयारी गरिएको मोहना लालझाडी सामुदायिक वनका अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का