भदौ १२, काठमाडौं । उपचारको क्रममा बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ ।
अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिनेछ । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि ढिला भएको हो । हङकङमा बस्दै आएकी श्रीमती गुरुङ बिरामी भएपछि नेपाल आएकी थिइन् भने आमा र तीन दिदीबहिनी पनि विदेशमै रहेकाले आफन्त आएपछि मात्रै गुरुङको अन्तिम संस्कार गरिन लागेको हो ।
कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुना, पारी जमुना…’ बोलको गीतले निकै चर्चा कमाएको थियो । उनलाई लोकलय तथा आधुनिक र तीज गीत पनि गाएका छन् ।