नारायण ढुङ्गाना, भदौ १२, चितवन । 

चौतारिमा बसौं भने 

झ्याम्म झुम्म बरको पात 

को सँग भनौँ मैले वेदनाको बात 

नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका ९तीज० मौलिक संस्कृतिसँग जोडिएको छ । पहिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारायण ढुङ्गाना, भदौ १२, चितवन । 

चौतारिमा बसौं भने 

झ्याम्म झुम्म बरको पात 

को सँग भनौँ मैले वेदनाको बात 

नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका ९तीज० मौलिक संस्कृतिसँग जोडिएको छ । पहिल"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

तीजको मौलिकता हराउने चिन्ता

२०७३, १२ भाद्र आईतवार ०९:१७

नारायण ढुङ्गाना, भदौ १२, चितवन । 

चौतारिमा बसौं भने 

झ्याम्म झुम्म बरको पात 

को सँग भनौँ मैले वेदनाको बात 

नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका ९तीज० मौलिक संस्कृतिसँग जोडिएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर तीजका भाका गुञ्जन्थे । सासु बुहारीका बुहार्तन तथा थिचोमिचो अनि विरह, वेदनाहरु मिसिएका गीतले हरितालिका ९तीज० मा रौनक थप्थ्यो । 

चेली माइत जान नपाएका कुरा, सासूससुरा, लोग्ने तथा आफ्नै बुबाआमासँग गुनासो हुन्थ्यो । त्यही गुनासो पोख्ने माध्यम तीजलाई लिइन्थ्यो । आफूले वर्षभरि भोगेका दुःख पोख्ने माध्यम हुन्थ्यो । गीतबाटै उनीहरु विरह पोख्थे । छोराछोरीको विभेदको विरोध तीजकै भाकामा हुन्थ्यो । 

ठूलो घर उज्यालो मईनटोल बालेर 

जान्छ क्यारे इज्जत छोरी पालेर 

दश भाइ छोरापनि यही घरमा अटाउने 

म एउटी छोरीलाई डाँडै कटाउने 

सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्याल दुःखसुख साट्ने माध्यम मात्रै नभएर विभेदको विरोध गर्ने माध्यम पनि तीज हो भन्नुहुन्छ । गीतबाट सामाजिक असमानताको चिरफार गर्ने र विभेद खोतल्ने काम हुन्थ्यो । अर्याल तीज पर्व र संस्कृतिलाई समाज रुपान्तरणको अभियानको रुपमा विश्लेषण गर्नुहुन्छ । 

हुन त तीज वैदिक कालदेखि नै मनाइने गरेको पाइन्छ । किंवदन्तिहरु पmरक फरक छन् । पार्वतीको नाचमा हरि९विष्णु०ले ताली बजाएकाले तीज मान्ने चलन आएको भन्ने पनि छ । पार्वतीले शिव पति पाऊँ भनेर व्रत बसेको र सोही व्रतले पति पाएकाले पार्वतीले नाचगान गरेर सङ्गीहरुलाई भोज खुवाएकाले तीजको परम्परा बसेको प्रसङ्ग पनि पाइन्छ । 

पार्वतीलाई साथीहरुले हरण गरेर शिवले तपस्या गरेको ठाउँमा लगेकाले पनि हरितालिका भनिएको भन्ने जनविश्वास रहेको छ । 

प्रा दिपेन्द्र घिमिरेका अनुुसार आफ्नै बुबाआमाले हेलाँ गरे भने महिलाका लागि मनको बह फुकाउने अवसर तीज हो । 

रुँदै र रुँदै म घर जाँदा 

बाबाले फर्की हेरेनन् 

घरबाट रुँदै रुँदै माइत पुग्दा बाबाले पनि वास्ता नगरेपछि मन कुँडिन्छ । अनि उनीहरु गीतबाटै बुबा विरुद्धको आक्रोश पोख्छन् । 

बैगुनि भैंसी फुटेको गौवा 

बाबुलाई कहिल्यै नटुटोस् । 

विवाहित नारीले घरमा परेको पीडा सुनाउने, बह पोख्ने ठाउँ आफ्ना बुबा, आमा र माइती नै हुन् । तर कहिले काहीँ विडम्बना हुन्छ, माइती पनि सकारात्मक भै दिँदैनन् । त्यसपछि विद्रोह गर्न सक्दैनन् । उनीहरुमा वेदना उत्पन्न हुन्छ । अनि गीतबाटै वेदना पोख्ने गरेको घिमिरे बताउनुहुन्छ । 

सानोमा सानो दारको ठेकी 

दुई माना दही जाने 

घरको वेदना बुझ्दैनौ बाबा 

जा घर भने भै जाने 

यस्तै विरह बढी मिसिन्थे तीजमा । खुसी र रमाइला कथा गीतमा नसमेटिने होइनन् । अझै पुराण र धर्म ग्रन्थका विषय समेत समेटिन्थे । 

देवी देवताको वर्णन पनि तीजका भाकामा उनिने गरेको पाइन्छ । 

दक्ष प्रजापतिको घरै रै’छ रुपको 

मगमग बास्ना चल्ने उनको धूपको 

बाबाको आँगनीमा ठूलो यज्ञ लगा’का 

तेत्तिस कोटी देवता सबै भएका 

यी सबै तीजका प्रसङ्गहरु मौलिक संस्कृतिसँग जोडिएको प्रा घिमिरे बताउनुहुन्छ । तर अहिले मौलिकता भुल्दै पश्चिमा संस्कृतिमा चुर्लुम्म डुम्न खोजेको देख्दा चिन्ता बढ्दो छ । “रक्सि खाइन्छ, मेहेन्दी लाइन्छ, भन्ने जस्ता गीतले पश्चिमेली शैली लैजान खोजिरहेको छ” – घिमिरेले भन्नुभयो । 

मुख्य गरी तीज भाद्र शुक्ल द्वितीयाका दिन दरिलो खाद्यपदार्थ दर खाएर मनाइन्छ । तृतीयामा ब्रत बसेर मनाउने र पञ्चमीमा पूजाआजा गरेपछि समाप्त हुन्छ । यही बीचमा मौलिकता मिसिएका गीत गाइन्छ । 

तर पछिल्ला दिनहरमा भड्किलो संस्कृति भित्रिएकामा दुई मत छैन । पाँच दिन मनाइने तीज २÷३ महिना अघिदेखि मनाउनु उपयुक्त नहुने महिला अगुवा प्रेमकुमारी तामाङको तर्क छ । एउटै परिवार बसेर तीजको भाका टिभीमा हेर्न सकिने अवस्थाका छैनन् भन्छन् स्वयं महिलाहरु । 

सञ्चार माध्यमले आफैंले कुन विषयवस्तु राख्न मिल्ने र कुन नमिल्ने भनेर ध्यान दिनुपर्ने पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल बताउनुहुन्छ । 

पछिल्लो समयमा महङ्गो साडी र सुनका गहना देखाएर तीज मनाउने गरिएको पाइन्छ । तीज गीत सङ्गीतको पर्व हो । आफैंभित्रको आचरण शुद्ध पार्न सके तीजको साँस्कृतिक महत्व र मौलिकता झल्किने प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य बताउनुहुन्छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह तडकभडक नगरिकनै तीज मनाउन महिला दिदीबहिनीहरुलाई सुझाव दिनुहुन्छ । 

तीजका दर्शकलाई केन्द्रित गरेर चलचित्र ‘ब्रासलेट’ 

तीजलाई केन्द्रित गरेर यही भदौ १७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ब्रासलेट’ समाजमा भैरहेको घटना र मौलकितामा आधारित रहेको त्यसका निर्माता तथा निर्देशकले बताएका छन् । 

चितवनमा आज पत्रकार सम्मेलन गरी चलचित्र ब्रासलेटका निर्माता केशव भट्टराईले सामान्यतया भैरहेको घटनालाई जोडेर चलचित्र बनाइएको बताउनुभयो । 

“भैरहेका घटनाहरु हुन् तर इन्डिङमा गएपछि फरकपन छ,” भट्टराईले भन्नुभयो । उहाँ पुराना निर्माता हुनुहुन्छ । उक्त चलचित्र चितवनका दुई चलचित्र हलमा प्रदर्शन हुनेछ । तीजका दर्शकलाई केन्द्रित गरेर भदौ १७ देखि चलचित्र प्रदर्शन गर्न लागिएको हो । 

दर्शकमाझ गैंडाका नामले चिनिएका चलचित्रका निर्देशक निर्मल शर्माले गलत होहल्ला हैन चलचित्रमा मौलिकता दिन खोजिएको छ भन्नुभयो । चलचित्रमा नायक रमेश उप्रेतीसँग नायिका रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिका छ । 

सुदिप बरालको छायाँकन, ताराप्रकाश लिम्बू र दिपक शर्माको सङ्गीत र विपीन मल्लको सम्पादन रहेको ब्रासलेटमा गोविन्द राई र बविराज गहतराजको नृत्य निर्देशन र हिमाल केसीको द्धन्द्ध निर्देशन छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की