भदौ १२, काठमाडौँ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । 

चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौँ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । 

चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिका"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा तीन करोड चेलिबेटी बेचबिखनको सिकार

१२ भाद्र २०७३, आईतवार १०:२६

भदौ १२, काठमाडौँ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । 

चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौँ चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दिनहुँ नेपालमा धेरै महिला चेलिबेटी बेचबिखनको सिकार बनेका छन् । त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको छ ।” 

उहाँले चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा बेचबिखनलाई रोक्न नेपाल प्रहरीको सक्रियता बढाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । 

समूहका सल्लाहकार भारती सिलवालले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको उल्लेख गर्दै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको स्मरण गराउनुभयो । 

समूहको संस्थापक अध्यक्ष दुर्गा घिमिरेले नक्कली बिहेको नाउँमा नेपाली चेलिबेटी बेचबिखन भइरहेको बताउनुभयो ।

संस्थाकी अध्यक्ष डा उषा पोखरेलले गरिबीका कारण चेलिबेटी बेचबिखन फस्टाउँदै गएको बताउँदै यसलाई नियन्त्रण गर्न सबै पक्ष एक हुनु जरुरी रहेको खाँचो औँल्याउनुभयो । 

कार्यक्रममा महिला र बालबालिकाको अधिकारका काम गर्दै आउनुभएका अधिकारकर्मी दुर्गा घिमिरे र चितवन जिल्लाका जिल्ला न्यायाधीश टेकनारायण कुँवरलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु