प्रदेश नं १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले मा"/>
चैत ३, झापा । भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी सङ्घका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घद्वारा आज आयोजित कार्यक्रममा प्रदेश नं १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले माध्यामिक शिक्षा परीक्षा (एसइई) देखि स्नातक तहसम्मको उत्कृष्ट अङ्क ल्याउने तथा चित्रकलामा राम्रो दख्खल राखेका छ विद्यार्थी र पाँच ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्नुभयो ।
कार्यक्रममा मारवाडी भाषाबाट विभिन्न गीत, नृत्य, नाटक र कवितालगायत बृहत् साँस्कृतिक कार्यक्रम गरिएको थियो ।