भदौ १३, इलाम । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । 

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् । विगतमै यो कुलो निर्माण हुनुपर्ने भए प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, इलाम । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । 

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् । विगतमै यो कुलो निर्माण हुनुपर्ने भए प"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

छ करोड चालीस लाखमा पक्की कुलो

१३ भाद्र २०७३, सोमबार ०६:०१

भदौ १३, इलाम । इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । 

सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् । विगतमै यो कुलो निर्माण हुनुपर्ने भए पनि यसपालिदेखि कुलो बन्न सुरू गरेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङले बताउनु भयो । 

देउमाई नगरपालिका र एकतप्पा गाविसबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पाका केही वडाबाहेक सबै वडामा सिँचाइ हुने भएको छ । १२.१ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पा गाविसका १, २, ६, ७, ८ र ९ नम्बर वडाका एक हजार ५०० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव रामजी कोइरालाले जानकारी दिनुभयो । 

तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ । कुलोले एकतप्पाका छ वडाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने भएको छ । 

एकाउन्न लाख राजस्व सङ्कलन 

जिल्ला ट्राफिक कार्यालय इलामले गत आव २०७२÷७३ मा सवारीनियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु ५१ लाख ७० हजार ३५० राजस्व सङ्कलन गरेको छ । 

ट्राफिकले जिल्लाका विभिन्न स्थानमा नियमविपरीत सञ्चालन भएका जिप, मोटरसाइकल, बस, ट्रक, ट्र्याक्टरलगायत १५ हजार ६२८ वटा सवारीसाधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । 

सवारी नियम पालना नगर्ने जिप, कार र भेन छ हजार ७२, ट्रक एक हजार ८५४, बस २६७, मोटरसाइकल छ हजार २५३ र ट्र्याक्टर एक हजार १७३ वटा कारबाहीमा परेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला