भदौ १३, चितवन । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ । 

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, चितवन । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ । 

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भेटी सङ्कलन गरेर असहायका लागि रु एक लाख सहयोग

२०७३, १३ भाद्र सोमबार ०६:१०

भदौ १३, चितवन । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ । 

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश्रम चितवनमा रहेका असहायका लागि सहयोग गर्नुभएको आश्रमका अभियन्ता सुमन बर्तालाले जानकारी दिनुभयो । 

भरतपुर १५ स्थायी घर भई हाल जापानमा बस्दै आउनुभएका सञ्जय चालिसेले यसरी परोपकारी काममा सहयोग गर्नुभएको हो । उहाँका आमा बुबा शोभा चालिसे र गुणा चालिसेले आश्रममै आएर उक्त रकम उपलब्ध गराउनुभएको हो । 

वर्षभरि पूजा गर्दा चढाएको पैसा सङ्कलन गर्दा रु एक लाख एक हजार जम्मा भएकाले सोही रकम उपलब्ध गराइएको जनाइएको छ । चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा असहाय, मानसिक सन्तुलन बिग्रिएका, अपाङ्ग जो सडकपेटिमा कष्टकर जीवन गुजार्दै आएका र आफ्नै घरमा समेत बाँधिएर बस्न बाध्यलाई उद्धार गरी राखिएको छ । 

यहाँ अहिले ४७ जना यस्ता असहायले आश्रय पाइरहेका छन् । मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडाँैमा सेवा दिँदै आइरहेको छ । 

सडकमा कष्टकर जीवन गुजार्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा आश्रम लागि परेको संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो । आश्रम यस्तै नेपाली सहयोगीको सहयोगबाट सञ्चालित छ । 

केही वर्षको अन्तरालमा सडकपेटिमा भेटिएका झन्डै ५०० असहायको उद्धार गरी १०० भन्दा बढीलाई परिवारमा पुनर्मिलन गराइसकेको आश्रमले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै