२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प प्रभावित घरधुरीलाई व्लाङ्केट वितरण

२०७२, १४ कार्तिक शनिबार १७:३१

blanket
news

कात्तिक १४, रसुवा । भूकम्प प्रभावित घरधुरीलाई व्लाङ्केट वितरण नियमित गरियो ।
असोज २८ देखि वितरण सुरु गरिएकोमा हालसम्म भार्लेमा १४८६, लहरेपौवामा १३०२, हाकुमा ४९० र धैबुङमा ११९८
गरी जम्मा ४,४७६ घरधुरीलाई वितरण सकिएको छ । अव ७२३ घरधुरीलाई व्लाङ्केट वितरण गर्न बाँकी छ

IMO को सहयोगमा आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प
प्रभावित घरधुरीलाई एक/एक थान व्लाङ्केट वितरण गरिएको हो ।

जाडो मौसमलाई ध्यान दिँदै भूकम्पपछि
अस्थायी आवासमा बसोबास गरिरहेका मानिसहरुलाई केही राहत मिलोस् भन्ने ध्येयले रसुवा जिल्लाको लहरेपौवा,
भोर्ले, हाकु र धैबुङ गाविसमा व्लाङ्केट वितरण गरिएको हो । ४ गाविसमा ५ हजार १ सय ९९ घरधुरीलाई
प्रतिघरधुरी एक थान व्लाङ्केट वितरण गर्ने योजना तय भएको थियो ।

गाविस/गाउँको भौगोलिक विकटता र
यतिबेला सबै मानिसहरु खेतीपातीमा व्यस्त हुने समय भएको र सबै एकै ठाउँमा उपस्थित भई व्लाङ्केट बुझ्न
नसक्ने अवस्था आएकाले गाविस सचिव, वडा नागरिक मञ्चका संयोजक, स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनीतिक
दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीसँग भएको औपचारिक तथा अनौपचारिक छलफलपछि
व्लाङ्केट गाउँगाउँ लगि वितरण गरिनु परेको थियो । गाउँगाउँसम्म व्लाङ्केट ढुवानी गर्नको लागि विश्व
खाद्य कार्यक्रम (WFP) ले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन