२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प प्रभावित घरधुरीलाई व्लाङ्केट वितरण

१४ कार्तिक २०७२, शनिबार १७:३१

blanket
news

कात्तिक १४, रसुवा । भूकम्प प्रभावित घरधुरीलाई व्लाङ्केट वितरण नियमित गरियो ।
असोज २८ देखि वितरण सुरु गरिएकोमा हालसम्म भार्लेमा १४८६, लहरेपौवामा १३०२, हाकुमा ४९० र धैबुङमा ११९८
गरी जम्मा ४,४७६ घरधुरीलाई वितरण सकिएको छ । अव ७२३ घरधुरीलाई व्लाङ्केट वितरण गर्न बाँकी छ

IMO को सहयोगमा आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प
प्रभावित घरधुरीलाई एक/एक थान व्लाङ्केट वितरण गरिएको हो ।

जाडो मौसमलाई ध्यान दिँदै भूकम्पपछि
अस्थायी आवासमा बसोबास गरिरहेका मानिसहरुलाई केही राहत मिलोस् भन्ने ध्येयले रसुवा जिल्लाको लहरेपौवा,
भोर्ले, हाकु र धैबुङ गाविसमा व्लाङ्केट वितरण गरिएको हो । ४ गाविसमा ५ हजार १ सय ९९ घरधुरीलाई
प्रतिघरधुरी एक थान व्लाङ्केट वितरण गर्ने योजना तय भएको थियो ।

गाविस/गाउँको भौगोलिक विकटता र
यतिबेला सबै मानिसहरु खेतीपातीमा व्यस्त हुने समय भएको र सबै एकै ठाउँमा उपस्थित भई व्लाङ्केट बुझ्न
नसक्ने अवस्था आएकाले गाविस सचिव, वडा नागरिक मञ्चका संयोजक, स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनीतिक
दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीसँग भएको औपचारिक तथा अनौपचारिक छलफलपछि
व्लाङ्केट गाउँगाउँ लगि वितरण गरिनु परेको थियो । गाउँगाउँसम्म व्लाङ्केट ढुवानी गर्नको लागि विश्व
खाद्य कार्यक्रम (WFP) ले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन