२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झुक्याएर जग्गा बैना गरी ४५ लाख ठगी

२०७८, ६ चैत्र आईतवार १६:५८

चैत ६, काठमाडौँ । जग्गा वैना गरी रु ४५ लाख तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजिनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको पाइएको छ । 

भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गाप्रति आना २१ लाखका दरले मूल्य तय गरी विभिन्न बैंकको चेकबाट पटकपटक गरी रु ४५ लाख ५० हजार लिएर सम्पर्क विहीन भएपछि महिलाले आफू ठगीमा परेको थाहा पाएको प्रहरीले जनाएको छ । रकम ठगी गर्ने कार्यमा संलग्न अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ का ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । 

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबार मार्गबाट पक्राउ गरी अनुसन्धान थालेको हो । उनलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आज प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उक्त चेक नसाटिएपछि मुद्दा परेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला