२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैंसी गोठमा करणी !

१० चैत्र २०७८, बिहीबार ०४:१७

चैत १०, काठमाडौं । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैंचा व्यापारी हुन् । चिसो मौसममा बढी बिक्री हुने उनलाई लागेका थियो ।

त्यही भएर उनी चौरजहारी बजारमा पुगे । केही दिन त्यहीँ बसेर बिक्री गरे । यत्तिकैमा उनलाई गाउँतिर जाने रहर भयो र गए पनि ।

गाउँमा जाँदा उनको भेट एक २८ वर्षीय महिलासँग भयो, चिनजान भयो । त्यहीबेला उनीहरूबीच मोबाइल नम्बर आदानप्रदान भयो । फोनमा कुराकानी चल्दै गयो । अन्ततः फोनमै कुराकानी हुँदा भेटघाट गर्न उनीहरू तयार भए । 

जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालत जाजरकोटमा दायर गरेको एउटा अभियोग पत्रअनुसार गोकान र ती महिलाबीच २२ फागुनमा महिलाको भैंसी गोठमा भेटघाट भयो । 

भेटपछि महिलालाई गोकनले गोठमै बलात्कार गरेको विवरण अभियोग पत्रमा उल्लेख छ । बलात्कार घटना सार्वजनिक हुनुको कारण भने महिलाका जेठाजु, देवर र गाउँलेले बलात्कार गर्दै गरेको देखिनु भनिएको छ । सोही दिन महिलाको गहुँबारीबाट उनी नियन्त्रणमा लिइएका थिए । 

उनीविरुद्ध महिलाले घटनाको भोलिपल्ट नै प्रहरीमा जाहेरी दिइन् । उनी प्रहरी हिरासतमा छन् । जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । 

सोही प्रतिवेदनको आधारमा कार्यालयले बुधबार जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध ७ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ । 

तर, अभियोगपत्रमा भने गोकानले महिलासँग सहमतिमै शारिरिक सम्पर्क भएको बयान दिएको विवरण उल्लेख छ । उनका अनुसार २० फागुनमा पनि ती महिलासँग उनको शारिरिक सम्पर्क सहमतिमै भएको थियो । 

अभियोग पत्रमा भनिएको छ, ‘वारदात हुनुभन्दा दुई दिन पहिले पीडित जाहेरवालासँग फोनमा कुरा भई निजले आउनु भैटौंला भन्ने कुरा गरेपछि मैले पनि हुन्छ भनि भेट्न राति गई हाल वारदातस्थल भैंसी गोठमा भेट गरी सहमतिअनुसार रातभरी सँगै सुति करणी (शारीरिक सम्पर्क) गरी बिहान ३ बजेतिर दुबैै जना उठी निज पीडित दूध बिक्री गर्न खलङ्गा बजार जाने कुरा भई हामी दुबै जना आधा बाटोसम्म सँगै आई निज बजारतिर गइन् भने म आफ्नो काममा भएँ ।’

सरकारी वकिल कार्यालयको अभियोग पत्रपछि जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । 

अब अदालतमा थुनछेक बहस हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा