भदौ १३, डोटी । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराए र हत्या पछि अनुसन्धानका लागि धामिझाक्रीको प्रयोग भएको छ ।

(साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, डोटी । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराए र हत्या पछि अनुसन्धानका लागि धामिझाक्रीको प्रयोग भएको छ ।

(साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन सम"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाले नै अनुसन्धानमा धामीझाक्रीको प्रयोग गर्दै

२०७३, १३ भाद्र सोमबार ११:०५

भदौ १३, डोटी । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराए र हत्या पछि अनुसन्धानका लागि धामिझाक्रीको प्रयोग भएको छ ।

(साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन समेत गरेको थियो । त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीलाई ब्यापक यातना दिईरहेको कुरा बाहिर समेत आएको थियो । यसै यातनालाई सहन गर्न नसकेर निगरानीमै रहेका सैनिक हबल्दार दीपक बहादुर खड्काले आत्महत्या गरेको स्रोतको दाबी छ ।

परिवारस्रोतका अनुसार उनको मृत शरीरमा निलडामहरु थिए । जुन कडा यातनाबाट सिर्जित थिए । उनको शबलाई पत्रकार तथा अन्य ब्यक्तिहरुलाई हेर्न समेत दिईएको थिएन्  । यसले उनको मृत्यू शंखास्पद रहेको बुझिएको छ । केहि घण्टा कुराएर लास हेर्न नदिनुको पछाडीको रहस्य सजिलै बुझरन सकिन्छ ।

यसैबिषयमा सैनिक प्रबक्ता तारा बहादुर कार्कीसंग प्रतिक्रिया लिदा सेनाले आफ्नै बिधिप्रक्रिया अनुसार अनुसन्धान गरेको बताएका थिए । उनले नेपाली सेना आजको यूगमा पनि शारीरिक र मानसिक यातनाबाट सत्य कुरा बाहिर निस्कन्छ भन्ने कुरामा बिश्वस्त नरहेको बताएका थिए । अनुसन्धानका क्रममा सेनाले आधुनिक शैली अपनाईरहेको उनको तर्क थियो ।

तर, अनुसन्धान गर्न गठित बोर्डले भने, उनको भनाईको ठ्याक्कै बिपरित शैलीमा काम गरिरहेको छ । निगरानीमा रहेका सैनिक जवानहरुलाई चरम यातना त दिईएको छ नै, योसंगै राज्यको प्रमूख सुरक्षा अंगको अनुसन्धान प्रक्रियाका झन् ‘हाँस्यास्पद् चर्तिकला’ समेत देखिन थालेका छन् । बोर्डले हराएको हतियारबारे पत्ता लगाउन धामीझाँक्रीको प्रयोग गर्न थालेको छ ।

स्रोतका अनुसार बोर्डले घटना घटेको एकसातापछि पृतना आसपासका धामीझाँक्रीहरुबाट ‘देवता औतारी’ हतियार कहाँ हराएको हो भनी ‘सोधनी’ शुरु गरेको थियो । तर, त्यो सोधनीबाट कुनै रहस्य बाहिर आउन सकेन् । रहस्य खुल्न नसकेपछि उल्टै धामीलाई धम्क्याउने काम गरेको तीमध्येका एक धामीले बताए ।  ‘दुईदिनसम्म लगे, सोधनी गरे । सोधनी गर्दा देबताबाट पनि कुनै कुरा निस्किएन्,’ ती धामीले भने, ‘केही कुरा निस्कन नसकेपछि उल्टै तिमिहरु केका देउता भनेर, यत्ति पनि पत्ता लगाउन नसक्ने भनेर लगाएका बालमुन्द्रा खोल्न थाले ।’

ती धामीसंग स्थानीय अन्य दुई जना धामी पनि लगिएको थियो । देउता सोधनीका क्रममा भित्रै जागिर गर्ने सेनाकै ४ जना अन्य जना धामीलाई पनि राखिएको थियो । ‘भित्रै नोकरी गर्ने लामालामा जुडी(टुप्पी) भएका अरुपनि धामी रहेछन,’ उनले भने,‘उनीहरु पहिल्यै देखी देउता औतारिरहेका थिए । हामीलाई पनि त्यही बसाए ।’

त्यसक्रममा चरम यातना दिएर राखिएका ४ जनालाई पालैपालो ल्याएर यिनिहरु दोषि हुन् की होईनन् भनेर सोधेको उनले बताए । उनका अनुसार ती चारैजनाका हातबाट स्लाईन जोडिएको थियो । सबैलाई कठोर यातना दिईएको थियो । एकएक गरी राख्दा उनीहरु पनि ‘प्रभू मेरो सत्यतथ्य बताईदे’ भनेर हात जोडेर घिड्घिडाउन थालेको उनी बताउछन् । त्यसो गर्दा उल्टै पोलिथिन पाईपले उनीहरुलाई पिटिएको उनले सुनाए ।

आफ्नो समुहमा रहेका धामीले औतारेका देवताहरुबाट कुनै निकास ननिस्केपछि एकले ‘यस्ता देउती–सेउती केही होईनन्’ भनेर बाला मुन्द्रा खोल्ने प्रयास गरेको उनले बताए । ‘त्यतिबेलै अर्काले देउतासंग चल्नुहुन्न भनेपछि उ रोकियो,’ उनले भने । त्यसक्रममा एक धामी भित्रै बिरामी परेका थिए । उनलाई उपचारका लागि बाहिर लगिएको छ ।

स्थानीय धामीझाँक्रीबाट कुनै निकास ननिस्किएपछि सेनाले अछामबाट पनि केही धामी झिकाएर देउता औतार्दै सत्य पत्ता लगाउने प्रयास गरीरहेको स्रोतले जनाएको छ ।  यसबाहेक डोटीका अन्य गाउँगाउँबाट पनि धामी झिकाईएका छन् । एक टोली डडेल्धुरा नै पुगेर धामीझाँक्रीमार्फत सत्य खोज्ने प्रयासमा लागेको स्रोतले बतायो ।  

तर, यो कुरालाई सैनिक प्रबक्ता कार्कीले अस्विकार गरे । ‘त्यो सत्य होईन, म सैनिक प्रबक्ता हो, मैले भन्नुपर्दा त्यहाँ लिगल अधिकृत सहीतको बोर्ड छ,’ उनले भने,‘जसले प्रक्रिया अन्तर्गत रहेर अनुसन्धान गरिरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी