२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

समृद्ध रसुवा निर्माण गर्न आवधिक योजना बन्दै

२०७२, २३ कार्तिक सोमबार १५:५८
rasuwa news
प्रेमप्रसाद पौडेल । कात्तिक २३, रसुवा । जलस्रोत, पर्यटन कृषि र व्यापार, मानव
संशाधन र संस्कृति : समृद्ध रसुवाको आधार भन्ने मूलनाराका साथ रसुवाको दोस्रो आवधिक जिल्ला विकास योजना
तर्जुमा गोष्ठी विदुरमा सम्पन्न भएको छ ।  जिल्लाको समग्र विकासका लागि विभिन्न उपलब्धि तथा सूचकलाई
आधार मान्दै जिल्लाको आवधिक पञ्च वर्षे योजना (आ.व. २०७२÷०७३ देखि २०७६÷०७७ सम्म) निर्माण गर्नका लागि
उक्त गोष्ठी आयोजना गरिएको जिल्ला विकास समिति रसुवाले जनाएको छ ।
कार्तिक २१ देखि २३ गतेसम्म सञ्चालित उक्त
तर्जुमा गोष्ठीले विभिन्न विषयगत समिति वा कार्यालय अन्तर्गत आगामी पाँच आवका लागि १ खरब २९ अरब ८६ करोड
७० लाख बराबरको योजना तर्जुमा गरेको छ । सो वजेट मध्ये भौतिक पूर्वाधार समिति अन्तर्गत विभिन्न
कार्यालयको बजेट १ खरब २२ अरब, आर्थिक समिति अन्तर्गत कार्यालयहरुको ९७ करोड, सामाजिक समिति अन्तर्गत
विभिन्न कार्यालयहरुको २ अरब ५० करोड, वन तथा वातावरण समिति अन्तर्गत विभिन्न कार्यालयहरुको ३८ करोड र
संस्थागत समिति अन्तर्गत विभिन्न कार्यालयहरुको १७ करोड बराबरको योजना तर्जुमा गरिएको गोष्ठीमा बताइएको
छ । दोस्रो आवधिक योजनामा उल्लेख गरिएको भिजन पुरा गर्न वा जलस्रोत, पर्यटन कृषि र व्यापार, मानव संशाधन
र संस्कृति ः समृद्ध रसुवाको आधार भन्ने नाराको मर्म अनुसार समुन्नत रसुवा निर्माण गर्नका लागि विभिन्न
योजना तर्जुमा गरिएको जिविसले जनाएको छ । जलस्रोतको भरपुर उपयोग गरी रसुवालीको आयआर्जन बढाउन र समृद्ध
रसुवा निर्माण गर्न ९७ अरब बराबरको योजना जलविद्युत निर्माण तथा सञ्चालनका लागि छुट्याइएको छ
rasuwa yojanaत्यस्तै बैशाख १२, १३ र २९  गते गएको विनाशकारी भुकम्प र त्यसपछि गएका पराकम्पनका कारण
क्षतिग्रस्त भौतिक संरचना, ऐतिहाँसिक र धार्मिक स्थलहरुको पुननिर्माणका लागि पुननिर्माण समिति पनि गठन
गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उक्त समिति अन्तर्गत १४ अरब बराबरको योजना तर्जुमा
गरिएको छ ।
जिविस कार्य सञ्चालन समितिका सभापति तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाको
अध्यक्षतामा उक्त गोष्ठी नुवाकोटको सदरमुकाम विदुरमा सञ्चालन भएको हो । सरोकारवाला तथा कार्यालय
प्रमुखहरुको कार्यालयको काम प्रति पनि ध्यानाकर्षण हुने र योजना तर्जुमाका लागि एकाग्रता नहुने भएका
कारण उक्त गोष्ठी जिल्ला बाहिर सञ्चालन भएको स्थानीय विकास अधिकारीले बताउनु भयो ।
कार्यक्रममा माननीय सभासद
छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइराला,
नेपाली काङ्ग्रेसका प्रतिनिधि तीरबहादुर गुरुङ, नेकपा (एमाले) का सचिव विष्णुप्रसाद देवकोटा, एकीकृत
नेकपा माओवादीका संयोजक इन्द्र गोतामे, नुवाकोटका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसाल, त्रिशूली
प्रवाह साप्ताहिकका सम्पादक शरण सापकोटा, पत्रकार ज्ञानेन्द्र न्यौपाने, नगरिक समाजका अध्यक्ष बाबुलाल
तामाङ, जिल्ला महिला समन्वय समितिका उपाध्यक्ष देवकी रैलालगायतका बक्ताहरुले समुन्नत रसुवा निर्माणका
लागि दोस्रो आवधिक योजना तर्जुमाले सहयोग पु¥याउने बताउनु भएको छ । जिल्लालाई समुन्नत बनाउन गाउँ विकास
समितिलाई बलियो बनाउन जिल्ला केन्द्रित गाविस सचिवहरुले गाउँ विकास समितिमा गएर कार्य गर्नुपर्नेमा
सरोकारवालाहरुले जोड दिएका छन् ।
योजना तर्जुमा गोष्ठीमा प्रहरी नायव उपरीक्षक अवदेस विष्ट, सहायक प्रमुख जिल्ला
अधिकारी चिरञ्जीवी थापालगायत विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सक्रिय
सहभागिता रहेको थियो । गोष्ठीको सुरुआत तथा अन्त्य माननीय सभासद छोवाङतेन्जिङ तामाङको प्रमुख आतिथ्यतामा
सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन