भदौ १४, चितवन । बिभिन्न २ स्थानमा तीन जनाको शव भेटिएको छ । पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा दुई शव भेटिएको हो भने नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन"/>

जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा भेटिएको शवहरुको सनाखत हुन सकेको छैन । कपडामा रगत लागेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ती शव यही शुक्रबार त्रिशूली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताएका छन् । शवमा किरा लाग्न थालेको छ । उक्त शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।