३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छथर गाउँपालिकाद्वारा एकल पुरुषलाई मासिक एक हजार भत्ता

२४ चैत्र २०७८, बिहीबार १४:१०

चित्र २४, तेह्रथुम | आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान‍्को मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।

हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् ।

विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । 

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरु गरेको हो । थोरै भए पनि भत्ता पाउँदा राज्यले एकल पुरुषलाई राज्यले सम्बोधन गरेको छथर गाउँपालिका-१ का मनीकुमार लिम्बुले बताए । उनी भन्छन्, ‘हामी एकल हुँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनौं । स्थानीय सरकार आएपछि हामी जस्ता एकल पुरुषलाई वार्षिक रूपमा भए पनि भत्ता दिन सुरु गरेकोमा खुसी छौ ।’

गाउँपालिकाले ६० देखि ७० वर्ष उमेरका ज्येष्ठ एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी भत्ता दिँदै आएको हो । गाउँपालिकाले एकै साथ एक कार्यक्रमका बीच ६२ जना एकल पुरुषलाई सम्मानपत्र सहित १२ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताए । 

विभिन्न कारणले श्रीमतीको मृत्यु भएको र आर्थिक अवस्थालाई मध्यनजर गरी भत्ता वितरण गरेका एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । लोकप्रियताको लागी नभई  राज्य भएको प्रत्युत्तर दिने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘ज्येष्ठ नागरिकहरूको सारथिको रूपमा स्थानीय सरकार भएको अनुभूति दिलाउन यो कार्यक्रम ल्याइएको हो,’ अध्यक्ष तिगेलाले भने । 

केन्द्र सरकारले ६० वर्षमाथिका दलित तथा एकल महिलाको हकमा र ज्येष्ठ नागरिकहरूको हकमा ७० वर्ष पुरा भएपछि मात्रै सामाजिक सुरक्षा भक्त दिँदै आएको बेला छथर गाउँपालिकाले नेपाल इतिहासमा पहिलो पटक एकल पुरुष भत्ता कार्यक्रम ल्याएको १ नम्बर प्रदेश सांसद लछुमन तिवारीले बताए । 

ज्येष्ठ एकल पुरुषलाई स्थानीय सरकारले औषधि उपचार तथा स्वास्थ्य परीक्षणका लागि  स्थानीय सरकारले सम्मानसहित नगद प्रदान गरेको सांसद तिवारीले धन्यावाद व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन