२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती

२०७८, २७ चैत्र आईतवार ०८:५७

चैत्र २७, मुगु | मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् ।  जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् । 

घुम्तीमा सात वर्षदेखि जुत्ता पसल गर्दै आएकी उनल आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ भन्दा अगाडि अध्ययनलाई बढाउन सकिनन् । र जस कारण उनी जुत्ता पसल चलाउँदै आएकी छन् । जुत्ता सिलाएरै उनी आत्म निर्भर बन्दै गएको बताउँछिन् । 

उनको दैनिकी गुजारा गर्नेदेखि छोराछोरीको अध्ययन गराउने माध्यम जुत्ता सिलाउने पेसा बनेको छ । गमगढी बजारमा कर्मथलो बनाएका दुर्गाका पति शेरबहादुर सार्की पनि जुत्ता  सिलाउने गर्छन् । 

आफूले जानेको सिप श्रीमती दुर्गालाई हस्तान्तरण गरे । सोही पेसाबाट अहिले दुर्गा मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकि छन् ।

शेरबहादुर नयाँ जुत्ता बनाउँछन् भने यस कार्यमा दुर्गाले पनि सहयोग गर्छिन् । दुर्गा पुरानो जुत्ता पनि सिलाउने गर्छिन् । सार्की दम्पतीले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । 

‘श्रीमानको मासिक ३० हजार र आफूले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छौँ,’ दुर्गाले भनिन् ।  उनीहरुले जुत्ता सिलाएरै नेपालगञ्जको कोहलपुरमा पनि जग्गा किनेको दुर्गाले सुनाइन् ।   

गमगढी बजारको कृष्णचोक नजिकै  न्युएसवीएस सुज सेन्टर खोलेका उनीहरूलाई अहिले नयाँ जुत्ता बनाउन र सिलाउन भ्याइनभ्याइ छ ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा